२६ वर्षे युवतीलाई जवरजस्ती करणीको अभियोगमा दुई जना पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

गोरखा जवरजस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय गोरखाले दुई जनालाई पक्राउ गरेको छ। आइतबार साँझ करिब सात बजे भिमसेनथापा गाउँपालिका ३ की २६ बर्षीया महिलालाई जवरजस्ती करणी गरेको आरोपमा प्रहरी दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा रुकुम चौरजहारी नगरपालिका ६ का २० वर्षीय राज बिक र ३४ वर्षीय प्रेमबहादुर नेपाली रहेकाछन्।

आईतबार भीमसेनथापा गउँपालिका ३ स्थित एकान्त ठाउँमा जवरजस्ती करणी गरेको उजुरीका आधारमा सोमबार उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी ओमप्रसाद अधिकारीले जानकारी दिए।

पक्राउ परेका दुबै जनालाई जबरजस्ती करणी उद्योग शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *