२५ हजार कर्मचारी निकाल्दै अमेरिकन एयरलाइन्स

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

विश्वभर महामारीको रुपमा देखिएको कोरोना भाईरसले शत्तिशाली राष्टहरुको अर्थतन्त्रमा समेत गम्भीर असर पारेको छ । यसैक्रममा अमेरिकन एयरलाइन्सले पनी आफ्ना २५ हजार कर्मचारीलाई जागिरवाट निकाल्ने तयारी गरेको छ । कोरोना भाइरसको महामारीका कारण सेवा प्रवाहमा अत्यधिक कमी आएकाले कर्मचारी कटौती गर्नुपर्ने बाध्यता भएको एयरलाइन्सले जनाएको छ ।

उसले अग्रपङ्क्तिमा रहेर काम गर्ने झण्डै २९ प्रतिशत कर्मचारीलाई हटाउने तयारी थालेको हो । एयरलाइन्सले कर्मचारीहरुलाई दुई बर्ष भन्दा बढीको विदा लिन वा अग्रिम अवकास लिन आग्रह गरेको छ ।

अमेरिकामा संक्रमितको संख्या दिनहुँ बढदै गएको र कतिपय राज्यहरुमा निषेधात्मक व्यवस्था सक्रिय बनाउन थालिएकाले कर्मचारी कटौती गर्नुपर्ने अवस्था आएको कम्पनीका अध्यक्ष रोबर्ट इसोमले बताएका छन । अमेरिकी एयरलाइन्सले जुन महिनामा ८० प्रतिशतभन्दा बढी आम्दानी घटेको जनाएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *