२५ बर्षिय कोरोना संक्रमित महिलाको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

शुक्रबार धनगढी उपमहानगरपालिका २ निवासी हाल नेपालगन्ज उपमहानगरपालिका ९ मा बिगत १ बर्षदेखि डेरामा बस्दै आएकि कोरोना संक्रमित २५ बर्षिय एकजना महिलाको नेपालगन्ज स्थित भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

उपचारका लागि आएकि उनलाई दुबै पट्टीको फोक्सोको निमोनिया र कोभिड १९ कडा संक्रमणको समस्याका कारण मृत्यु भएको अस्पताल श्रोतले जनाएको हो । उनको भदौ ३० स्वाब संकलन गरिएको र स्वहि दिन पोजेटिभ आएपछि भेरी अस्पतालमा भर्ना गरिएको थियो ।

आजै भेरी अस्पतालको पिसिआर परिक्षणमा ७ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको पिसिआर परिक्षणमा ७ जना र बगेश्वोरि डाईग्नोष्टिक ल्याबको पिसिआर परिक्षणमा २ जना गरि १६ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *