२४ वर्षमापनी बनेन जलेश्वरमा इन्जिनियरिङ कलेज

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भारतीय लगानीकर्ता रहेको मणिपाल समूहका सञ्चालकले जग्गा ओगटेको २४ वर्ष बितिसक्दा पनि महोत्तरीको सदरमुकाम जलेश्वरमा इन्जिनियरिङ कलेज बनाउन सकेको छैन । २०५१ सालमै मणिपाल समूहले महोत्तरीको सदरमुकाम जलेश्वरमा इन्जिनियरिङ कलेज सञ्चालन गर्ने भनेर जलेश्वर नगरपलिका वडा नम्बर– ७ का स्थानीयहरुको स्वामित्वमा रहेको ३५ बिघा जग्गा किनेको थियो । इलेक्ट्रिकल, सिभिल, कम्प्यूटर लगायत ५ विषयको इन्जिनियरिङ कलेज सञ्चालन हुने भएपछि स्थानीयले सस्तो दरमै जग्गा मणिपाल गु्रपलाई बिक्री गरेको थियो ।

त्यसपछि कलेज निर्माणका लागि काम शुरू पनि भयो । मोटामोटी एउटा भवन निर्माण भइसकेको थियो । तर, बाढीले साइटमा रहेको सामान बगेर गएपछि रोकिएको निर्माण कार्य हालसम्म सुचारू हुन सकेको छैन । तर जग्गा खरिद गरेको २४ वर्ष भइसक्दा पनि कलजे निर्माण गर्न मणिपालद्वारा कुनै पहल नगरिएको, लगानीकर्ताले कुनै चासो नै दिएनन र अहिले आएर सो जग्गा विक्री गर्ने चलखेल हुन थालेपछि स्थानीयहरु आक्रोशित बनेका छन्।

२४ वर्षदेखि महोत्तरीमा मणिपाल कलेजको नाममा रहेको ३५ बिघा जमिन कौडीको मूल्यमा लिएर अन्यत्रै कलेज बनाउने मणिपाल कलेजका सञ्चालकलाई कारवाही गरिनुपर्ने र कलेज सञ्चालकले अबिलम्ब कलेज सञ्चालन गर्नुपर्ने वा जमिन सम्बन्धित व्यक्ति वा निकायलाई फिर्ता गर्नुपर्ने माग नगरवासीले विज्ञान ,प्रविधि तथा शिक्षामन्त्री गिरिराजमणी पोखरेलसंग गरेका छन ।

मन्त्रीकै उपस्थितिमा भएको छलफलमा स्थानीयहरुले जुन उद्देश्यले उक्त जग्गा मणिपालले खरिद गरेको थियो सोही काममा प्रयोग नगरे आफुहरुले सस्तो मूल्यमा उपलब्द्ध गराएको जग्गा कब्जा गर्ने चेतावनी दिएका थिए। कलेज स्थापना पश्चात जिल्ला र नगरकै विकास हुने सपना बोकी सस्तो मूल्यमा उक्त जग्गा ती ईन्जीनियरीङ्ग कलेजलाई दिएका थिए।
जुनकामको लागि जमिन लिइएको हो त्यसमा प्रयोग नगरि मणिपालले जनतालाई ठग्ने काम गरेको छ । त्यतिबेला सो जग्गाको मूल्य ५० हजार प्रति कट्ठा भन्दा बढी रहे पनि आफ्नो गाउँ ठाउँमा शैक्षिक प्रतिष्ठानको स्थापना हुने आशा गरि १० हजार प्रति कठ्ठाको दरले स्थानीयहरुले प्रशासनको पहलमा मणिपाललाई जग्गा दिएका थिए। जलेश्वर नगरपालिकाको बजराही टोलका ७० घर परिवारले जमिन उपलब्ध गराएका थिए।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *