२४ घण्टामा ६ जनाको ज्यान गयो,एकैदिन ६८१ जनामा कोरोना सङ्क्रमण

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

बीतेको२४ घण्टामा ६ सय ८१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।११ हजार पाँच सय २२ जनाको पीसीआर परीक्षण गर्दा जनामा ६ सय ८१ कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिएकाछन् । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २८ हजार नौ सय ३८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक सय २० जना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको कुल सङ्ख्या १७ हजार सात सय पुगेको छ । अहिले ११ हजार एक सय १८ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै १३ हजार पाँच सय ७१ जना क्वरेण्टीनमा रहेका छन् ।

गएको २४ घण्टामा ६ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट नेपालमा ज्यान गुमाउनेको कुल सङ्ख्या १ सय २० पुगेको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *