२० बुदेसहमति पत्रमा रेलमार्गको सम्भाब्यता अध्ययनदेखि सुरुङमार्ग निर्माणसम्म

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणका क्रममा नेपालसँग बीस बुँदै सम्झौता र सहमति भएको छ । सहमति भएका विषयमा रेलमार्गको सम्भाब्यता अध्ययनदेखि सुरुङमार्ग निर्माणसम्ममा रहेका छन् ।

१. सीमा व्यवस्थापन प्रणाली

२. सुशासन क्षमता विकासमा आदानप्रदान तथा सहयोग सम्बन्धी समझदारी

३. फौजदारी मामिलामा पारस्परिक कानूनी सहायता सम्बन्धी सन्धि

४. सगरमाथा संरक्षण सहकार्य सम्बन्धी समझदारी

५. नेपालको योजना आयोग र चीनको राष्ट्रिय विकास तथा सुधार आयोगबीच लगानीका महत्वपूर्ण परियोजनाको प्रवद्र्धन तथा सहकार्य उत्पादनमूलक क्षमता विकास

६. चेङ्दुमा नेपालको महावाणिज्य दूतावास स्थापना सम्बन्धी नोट आदानप्रदान

७. नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच चीन नेपाल सीमापार रेलवे परियोजनाको संभाव्यता अध्ययन सम्बन्धी समझदारी

८. कठमाडौं महानगरपालिका र चीनको नान्जिङ शहरबीच भगिनी संबन्ध स्थापना

९. बुटवल र शियान शहरबीच भगिनी संबन्ध स्थापना

१०. नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र चीनको परम्परागत औषधिसम्बन्धी राष्ट्रिय प्रशासनबीच परम्परागत औषधि सम्बन्धी समझदारी

११. नेपालको गृह मन्त्रालय र चीनको विपद् व्यवस्थापन मन्त्रालयबीच विपत् जोखिम न्यूनीकरण तथा आपतकालीन सहयोगसम्बन्धी समझदारी

१२. नेपालको महान्यायाधिवक्ता कार्यालय र चीनको सुप्रिम पिपुल्स प्रोक्युरेटरबीच सहकार्यको समझदारी

१३. नेपालको त्रिभुवन विश्वविद्यालय र चीनको कन्फ्युसियस इन्सिटच्युट मुख्यालयबीच त्रिविमा कन्फ्युसियस इन्स्टिच्युट स्थापना गर्ने सहमति

१४. नेपालको कृषि मन्त्रालय र चीनको भन्सार विभागबीच अमिलो फलफूलको गुणस्तर मापनसम्बन्धी प्रोटोकल

१५. नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच व्यापार सम्बन्धी संयुक्त कार्यदल गठनको समझदारी

१६. चीनको सहयोगमा नेपालमा भइरहेको भूकम्पपछिको पुनर्निर्माण परियोजनाको निरीक्षणको डेलिभरी एन्ड एक्सेप्टेन्स प्रमाणपत्र

१७. नेपालको अर्थ मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच लगानी सहकार्य कार्यदल गठनको समझदारी

१८. नेपालको अर्थमन्त्रालय र चीनको अन्तर्रा्ष्ट्रिय विकास सहकार्य निकायबीच सुरुङमार्ग निर्माण सहकार्यको समझदारी

१९. सीमा सुरक्षा उपकरण तथा कार्यालय उपकरण सम्बन्धी पत्र आदानप्रदान

२०. काठमाडौं उपत्यकामा चीनको सहयोगमा महानगरीय खानेपानी सुधार परियोजनाको सम्भाव्यता अध्ययनको बैठकको टिपोट

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *