१ करोड ६१ लाख हिना*मिना गरेको आरो’पमा दुई जना पक्रा’उ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेरुडे लघुवित वितिय संस्था उपशाखा पिपराको १ करोड ६१ लाख ७६ हजार रकम हिनामिना गरेको भन्दै महोतरी प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङको गा्रमथान गाउँपालिका ३ का २६ वर्षिय बद्री नारायण तवदार र जहदा गाँउपालिका ३ का ३१ वर्षिय दिपक कुमार कर्ण रहेको जिल्ला प्रहरी कार्यालय महोतरीका प्रहरी निरिक्षक केदार बस्नेतले बताएकाछन् ।

तवदार नेरुडे लघुवित वितिय संस्थाका बरिष्ठ उत्प्रेरक र कर्ण सहायक उत्प्रेरक रहेको छ ।उनीहरुलाई लाई प्रहरीले मंगलवार राति पिपराबाट नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बस्नेतका अनुसार दुवैजनाले नक्कली ऋणी बनाएर झुठा विवरण तयार पारी कर्जा लगानी देखाई र सदस्यहरुबाट मासिक सावा किस्ता र ब्याज रकम समेत असुली उठाई बैंकमा जम्मा नगरी १ करोड ६१ लाख ७६हजार ८ सय ६० रुपैयाँ हिनामिना गरेको देखिएको छ। सो वितिय संस्थाको केन्द्रिय कार्यालय विराटनगरका कामु सहायक महाप्रवन्धक ऋषि प्रसाद न्यौपानेको उजुरीको आधारमा ती दुई माथि बैंकिङ कसुर मुद्दामा कारवाही भईरहेको प्रनि बस्नेतले बताए ।
रकम हिनामिनामा ती दुई जनाको मात्रै हात नरहेको आशंका गर्दै वितिय संस्थाका सञ्चालक तथा थप कर्मचारीमाथि पनि निगरानी गरिरहेको उनले बताए ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *