१८ लाख नेपाली रुपैयासहित तीन जना पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

अबैध रुपमा १८ लाख नेपाली रुपैया बोक्दै हिंडेका तीन जनालाई प्रहरीले महोतरीको भोल्ही गाँउमा पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जलेश्वर नगरपालिका २ का संजय कुमार साह जय कुमार साह र वडानम्बर १ का रोहित कुमार साह रहेको छ ।प्रहरीले संजयको साथबाट ३ लाख ५० हजार जय कुमारको साथबाट ५ लाख ५० हजार र रोहितकोसाथबाट ९ लाख रुपैया बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोतरी र २ नम्बर प्रदेश प्रहरी कार्याय जनकपुरको संयुक्तको टोलीले मनरासिस्वा नगरपालिका २ को भोल्ही गाँउबाट नियन्त्रणमा लिएको हो ।उनीहरुले कुन प्रयोजनका लागि उक्त रकम कहाँबाट कसरी लिएका थिए भन्ने बारेमा थप अनुसन्धान भइरहेको २ नम्बर प्रदेश प्रहरी कार्याय जनकपुरका प्रहरी उपरिक्षक जयराज सापकोटाले बताए ।

जलेश्वरबाट सम्सी तर्फ जादै गरेको प्रदेश दुई ०३–४०९७ र ज ११प ८१०८ नम्बरको मोटरसाईकललाई भोल्ही सडकमा चेकजाँच गर्दा अवैध नेपाली रुपैया सहित तीनै जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनैजनालाई अवैध वितियकारोवार समबन्धी मुद्वा चलाईएको जिल्ला प्रहरी कार्यालय महोतरीले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *