१५ महिने नाबालिकालाई पोखरीमा बोरामा हाली डुबाएर हत्या

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

सिरहाको बरियारपट्टी गाउँपालिकामा १५ महिने काखे नबालिकालाई पोखरीमा बोरामा राखेर डुबाएर हत्या गरिएको छ ।

बरियारपट्टी गाउँपालिका ३ बरियारपट्टीमा देवेन्द्र यादवको १५ महिने काखे नबालिका आशिकी यादवलाई बोरामा राखेर डुबाएर मंगलवार दिउँसो हत्या गरिएको अवस्थामा फेलापरेको छ ।
सोमबार घर अगाडी खेल्दै गरेका आशिकीलाई सोमबार दिउँसो ४ बजे देखि खोजतलाश गर्ने क्रममा मगलवार पोखरीमा प्लास्टिकको बोरामा राखेर पानीमा डुबाएको अवस्थामा फेला परेको छ ।
आशिकीलाई एउटा बोरामा राखेर पोखरीमा डुबाएको र अर्को एउटा बोरामा ईटा राखेर त्यसमाथि राखेको अवस्थामा फेला परेको हो ।

१५ महिने नबालिकाको हत्या भएको घटनावारे जानकारी पाएसँगै सिरहाका प्रहरी उपरीक्षक उमा प्रसाद चर्तुवेदीको टोली घटनास्थल पुगेका थिए । बोरामा राखेर पोखरीमा डुबाएको र अर्को एउटा बोरामा ईटा राखेर त्यसमाथि राखेको अवस्थामा मृत फेला परेको हो । हामी अनुसंधान सुरु गरेका छौं,’ प्रहरी उपरीक्षक चर्तुवेदीले फोनमा बताए । आशिष सहित देवेन्द्रको २ छोरी र १ छोरा रहेका थिए ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *