१४ जिल्लामा सरकारले लगायो निषेधाज्ञा, कुन कुन ठाउँ र कहिलेसम्म हेर्नुस

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

पछिल्लो समय देशभर फैलीदै गएको कोरोना संक्रमणलाई ध्यानमा राख्दै सरकारले कोरोना संक्रमणको फैलँदो अवस्थाका कारण १४ जिल्लामा पूर्ण तथा आंशिक रुपमा निषेधाज्ञा जारी गरेको छ।

गृह मन्त्रालयले बुधबार एक सूचना जारी गरी निषेधाज्ञा लागू गरिएका जिल्ला, क्षेत्र र लागू रहने मितिबारे जानकारी दिएको हो।

गृह मन्त्रालयका अनुसार सप्तरी, बाँके, पर्सा, बारा, सर्लाही र स्याङजामा जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ भने धनुषा, नुवाकोट, मोरङ, महोत्तरी, झापा, सुनसरी, बझाङ र दार्चुलाका बिभिन्न ठाउँमा निषेधाज्ञा लगाइएको छ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *