१३ औं साग : नेपालको दबदबा कायमै, भारत पछिपछि

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

१३ औं दक्षिण एसियाली खेलकुदको दोश्रो दिनका खेलहरु सकिदाँ नेपाल अंकतालिकामा अग्रता यथावत् राख्न सफल भएको छ। नेपालले अहिलेसम्म २३ स्वर्ण जितेको छ। साथै ९ रजत र १२ कास्य सहित ४४ मेडलका साथ नेपाल अंकतालिकाको अग्र स्थानमा छ।

नेपाललाई पछ्याएको भारतले १५ स्वर्ण, १६ रजत र ९ कास्य सहित ४० मेडल हात पारेको छ। भारत दोश्रो स्थानमा छ।

तेश्रो स्थानमा रहेको श्रीलङ्काले ५ स्वर्ण, १४ रजत र २७ कास्य जितेको छ। सबैभन्दा धेरै ४६ मेडल श्रीलङ्काले जितेको छ।
पाकिस्तान र बंगलादेशले समान ४ -४ स्वर्ण जितेका छन्। पाकिस्तानले ११ रजत र १२ कास्य सहित २७ मेडल जितेको छ। जबकी बंगलादेशले ४ रजत र २० कास्य सहित २८ मेडल हात पारेको छ। माल्दिभस्ले आजको खेल सकिदाँसम्म १ मात्र मेडल स्वर्ण जितेको छ।

खेल तालिकाको पुछारमा रहेको भुटानले भने ३ कास्य मात्र जितेको छ। उसले अहिलेसम्म स्वर्ण जित्न सकेको छैन।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *