१३ औं गोदावरी पुष्प मेला प्रर्दशनी’ ललितपुरमा सुरु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

१३ औं गोदावरी फूलको प्रर्दशनी’ शुक्रबारबाट ललितपुरमा सुरु भएको छ ।

नेपालीहरुको दोस्रो ठूलो चाड तिहारलाई लक्षित गरेर फ्लोरिकल्चर एशोसिएशन, नेपालले शुक्रबारदेखि कार्तिक ४ गतेसम्म ललितपुरको जावलाखेलस्थित खेल मैदानमा सो प्रर्दशनी आयोजना गरेको हो ।

गोदावरी फूलको व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यका साथ सो मेला आयोजना गरिएको एशोसिएशनका उपाध्यक्ष एवम् प्रर्दशनी आयोजक समितिका संयोजक शिवबहादुर खड्काले जानकारी दिनुभयो ।

‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि’ भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रर्दशनीमा ४९ वटा प्रर्दशनी कक्षहरु रहेका छन् । प्रर्दशनीमा यस सिजनमा फूले सयपत्री, मखमली तथा अन्य सिजनल फूल विरुवा समेत समावेश गरिएको छ । नेपालको ४३ जिल्लामा पुष्पखेतीको विस्तार भईसकेको पनि एशोसिएशनले जनाएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *