१३ औँ दक्षिण एशियाली खेलकुद सागमा नेपाललाई सोमबार नौ स्वर्ण

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपालले १३ औँ दक्षिण एशियाली खेलकुद सागमा नेपालले सोमबार नौ स्वर्ण जितेको छ । नेपालले तेक्वान्दोमा चार, करातेमा चार र ट्रायथलनमा एक स्वर्ण जितेको हो ।

तेक्वान्दोको एकल पुम्सेमा नेपालले चार स्वर्ण जितेको हो । महिला एकलमा आयशा शाक्यले २९ वर्षभन्दा माथिको विधामा, पार्वती गुरुङले २३ देखि २९ वर्षसम्मको विधामा र सीना मादेनले २३ वर्षमुनिको विधामा स्वर्ण जितेका छन । तेक्वान्दोको पुम्सेको ५८ केजी तौल समूहमा त्यस्तै २३ देखि २९ वर्ष उमेर समूहको एकल पुम्से विधामा नेपालका कमल श्रेष्ठले स्वर्ण पदक जितेका हुन ।

शाक्य र गुरुङले एकल पुम्सेमा र तामाङले बंगलादेशका खेलाडीलाई हराएर ५५ केजी तौल समूहमा स्वर्ण जितेका हुन । उनले भारतका राहुल जैनलाई हराएर स्वर्ण जितेका हुन । करातेतर्फ पुरुष एकल कातामा मण्डेकाजी श्रेष्ठले फाइनलमा पाकिस्तानी खेलाडी नियमातुल्लाहलाई पराजित गरे । श्रेष्ठले २६ दशमलब ७२ अङ्क प्राप्त गरे भने नियमातुल्लाहले २४.९२ अङ्क प्राप्त गरे । उनले महसुस तामाङ र प्रविन महर्जन सम्मिलित टिमबाट पनि स्वर्ण जिते ।

करातेमा महिला टिम कातामा नेपालले स्वर्ण जितेको छ । करातेको महिला टिम कातामा स्वर्ण जित्ने टोलीमा निर्मला तामाङ, सङ्गीता मगर र सरु कार्की रहेका छन । करातेको पुरुष कुमुतेमा नेपालका लक्ष्मण तामाङले स्वर्ण जिते । लक्ष्मणले ५५ केजी तौल समूहमा बंगलादेशका मोहम्मद मस्तोफालाई पराजित गरेका हुन । ट्रायथलन प्रतिस्पर्धामा नेपालकी सोनी गुरुङ्ले स्वर्ण पदक जितिन । महिलातर्फको एलिट स्प्रीन्ट प्रतिस्पर्धामा नेपालकी सोनी गुरुङले एक घण्टा १३ मिनेट ४५ सेकेण्डमा निर्धारित दुरी पुरा गर्दै स्वर्ण जितेकी हुन । उनले भारतीय खेलाडीलाई १५ सेकेण्डले पछाडि पारेकी हुन । कराँतेको कातामा चञ्चला दनुवारले रजत पदक जितकी छिन् । पुरुष ट्रायथलनमा नेपालका बसन्त थारुले कास्य पदक जितेका छन् ।।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *