१२ वर्ष पछि पक्रा’उ परे पत्रकार विरेन्द्र साह ह*त्याका मुख्य अभि८युक्त

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

बाराका एभिन्यूज सहकर्मी पत्रकार विरेन्द्र साहको हत्याका मुख्य अभियुक्त कुन्दन फौजदारलाई प्रहरीले १२ बर्षपछि पक्राउ गरेको छ । २०६४ सालमा भएको हत्याको घटनमा सग्लन फौजदारलाई प्रहरीले शनिवार राति बारागढी गाँउपालिका–५ गडहलस्थित घरमा लुकेर बसेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

बाराका पत्रकार विरेन्द्र साहको हत्यामा संग्लन रहेको मध्ये मुख्य अभियुक्त कुन्दन फौजदारलाई प्रहरीले पक्राउ गरेको छ । शनिवार राति एक बजे विशेष सुराकीको आधारमा फौजदारलाई उनकै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । १२ वर्षदेखि फरार रहेका फौजदारलाई पक्राउ गर्ने बेलामा चार राउन्ड हवाई फायर गर्नुपरेको थियो ।

अदालतले मुख्य दोषी ठहर गरेपनि फौजदार फरार थिए । हत्यामा सग्लन पाँच अभियुक्तमध्ये राम एकवाल सहनी र मनेजर गिरी यसअघि नै पक्राउ परिसकेका छन् । लालबहादुर चौधरी र हरेराम पटेल भने अझै फरार रहेका छन् । उनीहरुको पनि खोजी भैरहेको प्रहरीले जनाएको छ ।

१२ वर्ष देखि उनको हत्यामा संग्लनहरु लुकिछिपी बस्दै आएका थिए । प्रहरीले बा¥हबर्षपछि हत्यामा सग्लनलाई पक्राउ गरेपछि पत्रकार साहका परिवारले खुसी ब्यक्त गरेका छन् । उनकी श्रीमति उमरावति देवि बाँकी अभियुक्त पनि पक्राउ पर्ने विश्वास ब्यक्त गरेकिछिन ।

सशस्त्र युद्धको समयमा तत्कालीन माओवादीले २०६४ असोज १८ गते साहको अपहरण गरेको थियो । उनको शव कार्तिक २३ गते बाराको जंगलमा फेला परेको थियो । शान्ति सम्झौतमा आइसकेको माओवादीले उनको टाँगिया वस्ती जंगलमा लगेर हत्या गरेको थियो । पुर्ण रुपमा सडेर गलिसकेको शव डीएनए परीक्षणका क्रममा साहको भएको पुष्टि भएको थियो । त्यसपछि सञ्चारकर्मीहरुले हत्यामा सग्लनलाई पक्राउ गर्न निरन्तर दवाव दिदै आएका थिए । जितपुर सिमरा इनर्वा्सिरा निवासी पत्रकार साह एभिन्युज खबरको बारा सम्वाददाताको रुपमा कार्यरत थिए । पत्रकार साहका एक छोरा र छोरी छिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *