११ हजारको पिसिआर परीक्षण गर्दा १५५१ कोरोना संक्रमित

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपालमा पछिल्लो २४ घण्टामा थप १५ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ८९ हजार २ सय ६३ पुगेको जानकारी दिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा २३ सय ४० जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा ६७ हजार ५ सय ४२ जना कोरोना संक्रमित निको भएको प्रवक्ता गौतमले जानकारी दिए ।सक्रिय संक्रमितको संख्या २२ हजार ७ सय ९ रहेको छ । पछिल्लो २४ घण्टामा ११ हजार ४७ जनाको पिसिआर परीक्षण गरिएको छ । होम आइसोलेसनमा रहनेहरुहरुको संख्या १३ हजार ५ सय ९१ रहेको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *