१अर्ब ठगी गर्ने २१ जना बिरुद्ध राजस्व चुहावट अभियोगमा मुद्दा दायर

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

राजस्व अनुसन्धान विभागले झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर ‘भ्याट’ बिजकको प्रयोग गरी एक झण्डै डेढ अर्ब ठगी गर्ने २१ जना बिरुद्ध आज मुद्दा दायर गरेको छ ।

१ अर्ब २९ करोड ३६ लाख रुपैयाँ राजस्व चुहावट गरेको अभियोगमा विभागले जिल्ला अदालत काठमाडौंमा सोमबार यो मुद्दा दायर गरेको हो । बारा कलैया ४ का विनोदकुमार अग्रवाल र झापा अनारमनीका विकास अग्रवाल लगायत बिरुद्ध न्यून आर्थिक अवस्था भएका व्यक्तिको नाममा फर्म दर्ता गरी राजस्व चुहावट गरेको भन्दै मुद्दा दर्ता गरेको हो ।

उनीहरूलाई बिगोको दोब्बरसम्म जरिवाना र तीन वर्षसम्म कैद सजाय मागिएको छ । साथै, मतियारलाई मुख्य अभियुक्तलाई हुने सजायको आधा सजाय हुने माग दाबी गरिएको छ । उनीहरुले विभिन्न व्यक्तिका नाममा १३ वटा विभिन्न फर्म र कम्पनीहरु दर्ता गरी झुट्टा तथा नक्कली बिल बेचेको विभागले जनाएको छ ।

त्यस्ता फर्महरूबाट जारी भएका मू अभिबृद्धि कर बिजकमा उल्लेखित कर रकम नेपाल सरकारको राजस्व खातामा नबुझाई राजस्व छली गरेको विभागको दाबी छ । ती फर्महरूबाट जारी भएको नक्कली कर बिल बिजकबाट खरिदकर्ताले क्रेडिट दाबी र आयकरतर्फ खर्च नदेखाई राजस्व छलेको विभागको अनुसन्धानबाट खुलेको छ ।

निम्न आर्थिक अवस्था भएका मजदूरहरूको नाममा फर्म दर्ता गरी झूटा तथा नक्कली मूल्य अभिवृद्धि कर बिजक प्रयोग गरेर सो बराबरको रकम राजस्व चुहावट गरेको विभागको दावी छ ।।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *