ह्वीप उल्लंघन गर्ने तीन सांसदलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्ने निर्णय

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेकपा एमाले कर्णाली प्रदेश कमिटीले ह्वीप उल्लंघन गर्ने तीन सांसदलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्ने निर्णय गरेको छ । शनिबार बसेको पार्टीको बैठकले वैशाख ३ गतेदेखि नै लागू हुनेगरी प्रदेशसभा सदस्यत्रय नन्दसिंह बुढा, अमर बहादुर थापा र कुर्मराज शाहीलाई पार्टी सदस्यसमेत नरहने गरी निष्काशन गर्ने निर्णय गरेको हो ।

यस्तै पार्टीका राष्ट्रिय महाधिवेशन आयोजक कमिटीका सदस्य समेत रहेका प्रकाश ज्वालालाई पार्टी सदस्य समेत नरहने गरी निष्काशन गर्न पार्टी केन्द्रमा सिफारिस गरिएको प्रदेश अध्यक्ष गोरखबहादुर बोगटीले विज्ञप्तिमार्फत जनाएका छन् । शुक्रबार प्रदेशसभामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिँदा चार प्रदेशसभा सदस्यले पार्टीको ह्वीप उलंघन गर्दै फ्लोर क्रस गरेका थिए ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *