होल्डिङ सेन्टरबाट यात्रुलान सिमित यातायात व्यवसायीलाई मात्र दिइएको भन्दै अन्य व्यवसायीको धर्ना

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

विदेशबाट आएका नेपालीहरुलाई होल्डिङ सेन्टरबाट सम्बन्धीत स्थानमा पठाउने काम सिमित यातायात व्यवसायीलाई मात्र दिइएको भन्दै यातायात व्यवसायीहरुले यातायात व्यवस्था बिभागमा धर्ना दिएका छन् ।

विदेशबाट उद्धार गरेर ल्याएका यात्रुहरुलाई देशभर सम्बन्धित ठाउँमा पुर्याउने काम सिमित यातायातले पाएको भन्दै व्यवसायीहरुले मंगलबार काठमाडौंको मिनभवनस्थीत बिभागमा धर्ना दिएका हुन् ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र र यातायात व्यवस्था विभागले सीमित व्यक्तिलाई यात्रु बोक्ने जिम्मेवारी दिँदा अधिकांश व्यवसायी मारमा परेको धर्नामा सहभागीहरुको आरोप छ । कमिसनमा एउटै प्रालिलाई देशभर यात्रु बोक्ने जिम्मा दिएको र यात्रुबाट बढी भाडा लिएर ठग्ने काम भएकाले आफूहरु आन्दोलनमा उत्रन बाध्य भएको व्यवसायीको गुनासो छ ।

होल्डिङ सेन्टरमा राखिएका यात्रुहरुलाई सम्बन्धीत स्थानीय तहमा पुर्याउनका लागि आलोपालो प्रणाली लागू गर्नुपर्ने, छिटो भन्दा छिटो सार्वजनिक यातायातलाई खुल्ला गर्नुपर्ने लगाएतका माग गर्दै व्यवसायीहरुले बिभागलाई ज्ञापन पत्र बुझाएका थिए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *