हेलिकप्टर आपत्‌कालिन अवतरणबारे क्यानले प्रश्न उठायो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

लुक्लामा अलपत्र परेका पर्यटकहरूलाई लिएर उडेका ९ वटा हेलिकप्टरहरू काठमाण्डू छिर्ने क्रममा मौसम बिग्रिएपछि विभिन्न जिल्लामा आपतकालीन अवतरण गरिएको विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले पाइलटहरूसँग प्रश्न सोधेको छ।

बीबीसीनेपालीका अनुसार क्यानका महानिर्देशकले त्यसरी प्रश्न सोध्नुको अर्थ उनीहरूले गरेको अवतरणमाथि प्रश्न उठाउनु नभइ भविष्यमा थप सजग रहन सुझाव दिनु रहेको बताएका छन्।

हेलिकप्टरको गाँठोका कारण नेपाली विमानसेवा अझै ईयूको कालो सूचीमा रहेका छन् ।
सोलुखुम्बु, रामेछाप, सिन्धुली र काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न ठाउँमा रोकिएका ती सबै हेलिकप्टर अहिले काठमाडौं आइसकेको वायुसेवा सञ्चालक सङ्घ नेपालले जनाएको छ।

मौसम खराबीका कारण सगरमाथा क्षेत्रको प्रवेशद्वार मानिने लुक्ला विमानस्थल मङ्गलवार पनि नखुलेपछि हेलिकप्टरहरूले केही तलको उचाइमा पर्ने सुर्केबाट उडान गरेका थिए।

झण्डै तीन हजार मिटरको उचाइमा रहेको लुक्लाबाट उड्दा डाँडा काट्नुपर्ने भएकाले हेलिकप्टरहरू दुधकोशी खोला पछ्याउँदै सुर्केबाट उडेका थिए।

बीचबाटोमा मङ्गलवार गरिएका अवतरण सुरक्षाका दृष्टिले पाइलटहरूको सही निर्णय भएपनि उनीहरूलाई भविष्यमा यस्तो बेला थप सचेत हुन भनिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए।

पाइलटहरूले जे गरे त्यो सही निर्णय थियो। तर पोस्ट मनसुनजस्तो अहिलेको अवस्था भविष्यमा यस्तो जोखिम उठाउनु हुँदैन भनेर सचेत गराएको बुझिएको छ । किनकि विगतमा यस्तो मौसमकै बेला दुर्घटनाहरू धेरै भएका छन्।ू

हेलिकप्टर उडानका लागि १ हजार ५ सय मिटर र जहाजका लागि ५ किलोमिटरसम्म भिजिबिलिटी चाहिने भएपनि लुक्लामा त्यो निकै कम रहेको बताइएको थियो।
शनिवारदेखि लुक्ला विमानस्थलमा उडान हुन नसकेपछि त्यहाँका होटलमा भार परेको व्यवसायीहरूले बताएका छन्।

मङ्गलवार विहान ७ बजेतिर केहीबेर मौसम सफा हुँदा लुक्लामा रोकिएका २ बटा हेलिकप्टर र रूम्जाटारबाट आएका ८ वटा हेलिकप्टरले खुम्बु पासाङल्हामु गाउँपालिकाको सुर्केबाट ५० जना भन्दा बढी पर्यटकहरु काठमाण्डू लगेका थिए।

अधिकारीहरूका अनुसार आपतकालीन अवतरणहरू गरिनुअघि बिहान ती हेलिकप्टरहरूले केही उडान पूरा गरेका थिए।

वायुसेवा सञ्चालक सङ्घ नेपालका अध्यक्षले यी अवतरणहरू सुरक्षा मापदण्ड पालना गर्ने क्रममा भएका सामान्य उड्डयन अभ्यास भएकोले तिनलाई ठूलो घटनाका रूपमा हेर्न नहुने बताए।विगतमा भएका दुर्घटनाहरूलाई आधार मान्दै कुहिरोभित्र छिरेर कुनै पनि अवस्थामा हेलिकप्टर उडान नगर्ने रणनीतिको रूपमा मङ्गलवार त्यसो गरिएको वायुसेवा सञ्चालक सङ्घ नेपालका अध्यक्ष पवित्र कार्की बताए ।

कुहिरोभित्र छिरेपछि रूख र डाँडाकाँडामा ठोकिएका विगतका नमिठा अनुभव छन्। कुहिरोमाथि गएको अवस्थामा पुन अवतरण गर्ने ठाउँ भेट्न गाह्रो भएकाले थोरैमात्र पनि शङ्का लागेमा नजिकैको सुरक्षित ठाउँमा रोकिन भनिएको छ ।

युरोपेली सङ्घ ईयू को हवाई प्रतिबन्ध सूचीमा नेपाल अझै रहिरहनुमा नेपाली हेलिकप्टरहरूको खराब रेकर्ड लाई उसले एउटा प्रमुख कारण मानेको नेपाली अधिकारीहरूले यसअघि बताएका थिए।

सन् २०१० यता मात्रै नेपालमा १३ वटा हेलिकप्टर दुर्घटना भएका थिए।

प्राधिकरणले हालै सार्वजनिक गरेको उड्डयन सुरक्षा प्रतिवेदनमा नेपालमा १० वर्षमा बर्सेनिजसो औसतमा एउटा हेलिकप्टर दुर्घटना भएको देखिन्छ।

हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउनेहरूको वार्षिक औसत सङ्ख्या पाँच छ।बिबिसी नेपालीबाट साभार

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *