हेटौंडामा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बागमती प्रदेशको राजधानी हेटौंडामा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । केहि दिन अघिको कोरोना परिक्षणबाट संक्रमण पुष्टि भएका हेटौंडा ४ कर्राका ७४ बर्षीय एक पुरुषको मृत्यु भएको हो ।

उनको शवलाई नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरेको जनाइएको छ । पछिल्लो समय कोरोनाको दोस्रो लहर सुरु भएपछि मकवानपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या पहिलो हो । अहिले सम्मको पछिल्लो परिक्षणमा ६९ जनामा कोरोना संक्रमण देखिएको छ ।

संक्रमितहरु होम आईसोलेसनमा रहेर चिकित्सकको सल्लाह र परामर्श लिदै उपचार रत रहेको हेटौंडा अस्पतालका अध्यक्ष प्रकाश पौडेलले जानकारी दिए । संक्रमितको संख्या बढ्दै गएपनि सरकारी तवरबाट उपचार कक्षको व्यवस्थापन नहुदा संक्रमित घरमा नै रहेको बताईएको छ ।

हेटौंडामा पहिलो चरणको कोरोना संक्रमण सुरु भएपछि तयार पारिएका गौरीटार र कर्रा आईसोलेसन बन्द भएपछि अहिले अस्पताल परिसरमै आईसोलेसन कक्ष तयार गर्ने बारे छलफल भैरहेको अस्पताल व्यवस्थापनले जनाएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *