हेटौंडाबाट ५ किलो लागूओषध अफिम बरामद

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

हेटौंडा–मनहरी खण्डको नेवारपानीबाट प्रहरीले ५ किलोग्राम अफिम सहित एक मोटरसाईकललाई नियन्त्रणमा लिएको छ । पूर्व पश्चिम राजमार्गवाट हेटौंडा तर्फ आउँदै गरेको ना ४३ प ५७८४ नम्बरको मोटरसाईकलबाट प्रहरीले लागु औषध नियन्त्रणमा लिएको हो ।

मोटरसाइकलमा सवार दुई जन भने नेवारपानीमा प्रहरी चेकिङ देखेर भागेका छन । उनिहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ । बरामद चरेस पाँच लाख मूल्य बराबरको छ । बढिमात्रमा गाँजा खेती मात्र हुने क्षेत्रको रुपमा चिनिएको मकवानपुरको पश्चिम क्षेत्रमा पछिल्लो समय अफिमको खेती मौलाएको प्रहरीले जनाएको छ ।

मकवानपुरको पश्चिम राक्सिराङ र कैलाश गाउपालिकामा चरेस गाँजा उत्पादन हुने गरेको छ । पछिल्लो केहि महिनामा लागु औषध कारोवारमा पश्चिम मकवानपुका ५७ जना पक्राउ परि कानुनी कारवाहिमा परेका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *