हुलाकी मार्ग निर्माणमा रहेका ६ वटा निर्माण साधनमा आगज’नी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

कपिलवस्तु- विजयनगर गाउंपालिकाको हुलाकी मार्ग अन्र्तगत लोहोरौलामा निर्माण भई रहेको सडकमा कार्यरत ४ वटा हेवी ईक्प्युपमेन्ट र २ जीपमा अज्ञात समूहले गत राती आगजनी गरेका छन् । आगजनीबाट सो सडक निर्माणको जिम्मेवारी पाएको शर्मा एण्ड कम्पनीको २ वटा स्काभेटर, २ वटा ब्याक हु लोडर र २ वटा वोलेरो पीक अप जीप क्षति भएका छन् ।

विजयनगर गाउंपालिका वडा नं. २ लोहरौला स्थित साईट अफिसमा पार्किग गरी राखिएका १ वटा स्काभेटर, २ वटा ब्याक हु लोडर र २ वटा बोेलेरो पीक अफ जीप करीब १ बजे आगजनी गरेका हुन् । उनीहरुले साईट अफिसमा रहेका कर्मचारीहरुको कोठाको बाहिरबाट चुक्कुल थुनेर आगजनी गरेको प्रहरीले जनाएको छ । यसै गरी शिवराज नगरपालिका वडा नं. ९ तुरुन्तपुरमा निर्माणाधीन सडक किनारमा राखिएको स्काभेटर सोही समयमा आगजी गरिएको गणेशपुर ईलाका प्रहरी कार्यालयका ईन्चार्ज प्रहरी निरिक्षक मधु नेपालले बताए ।

आगजनी स्थलमा कारवाही किन ? भन्दै नेपाल कम्युनिष्ट पार्टी कपिलवस्तु लेखिएको एक पर्चा भेटिएको प्रहरीले जनाएको छ । भेटिएको पर्चामा काममा गुणस्तर नभएको, शर्मा एण्ड कम्पनीले आफ्नो पार्टीको सुराकी गरेको र काम गर्ने सन्र्दभमा स्थानीयलाई मुआब्जा प्रदान प्रक्रिया पुरा नगरी काम शुरु गरेको जस्ता आरोप लगाईएको छ । घटनाबारे सुक्ष्म अनुसन्धान भई रहेको प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए । आगलागीबाट ६ वटै निर्माण साधनहरु जलेर नोक्सान भएको छ । आगलागीको खबर पाए लगत्तै कृष्णनगर नगरपालिकाको दमकलले आगो नियन्त्रण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *