हुम्लास्थित नेपाल चीन सीमा क्षेत्रको निरीक्षणमा रहेको टोलीमाथी अश्रुग्यास प्रहार

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

हुम्लास्थित नेपाल चीनको सीमावर्ती क्षेत्रमा स्थलगत अवलोकनका लागि गएका नेपाली टोलीमाथि अश्रुग्यास प्रहार भएको छ । कर्णाली प्रदेशका प्रतिपक्षी नेता जीवनबहादुर शाहीको नेतृत्वमा सीमाको निरीक्षण गर्न गएको टोलीमाथि अश्रुग्यास प्रहार भएको त्यहाँको स्थानीय प्रशासनले दावी गरेको छ । अश्रुग्या चिनियाँ प्रहरीले हानेको हुनसक्ने दाबी गरिएको हो ।

नेता शाहीसहितको टोली केही दिनअघि निरीक्षणका लागि सीमा क्षेत्रमा पुगेको थियो । सीमाको निरीक्षण गरेर फर्किँदै गर्दा हिल्सा नजिकै बिहीवार साँझ ५ बजेतिर आफ्नो टोलीमाथि चिनियाँ पक्षले आश्रु ग्यास फालेको त्यहाँको स्थानीय तहका जनप्रतिनिधीले बताएका छन् ।

त्यहाँ पुगेको टोलीले ५,६.७ र ८ नम्बर पिल्लरको निरीक्षण गरेका थिए । त्यहाबाट फर्किएर जुम्लाको हिल्सा पुग्ने बेला खोला पारी एउटा भवनबाट हामीलाई लक्षित गरी टियर ग्यास फालिएको निरीक्षण टोलीको दाबी छ ।

मानिसहरु कोही पनि नदेखिएपनि चिनियाँ प्रहरी हुनसक्ने उनीहरुले बताएका छन् । तर कसैलाई पनि कुनै क्षती नभएको जनाएइको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *