हुम्लामा ११ औँ पटब हिमपात, जनजीवन प्रभावितभएपनी कृषक हर्षित

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

हिमाली जिल्ला हुम्लामा पुन भारी हिमपमत भएको छ । जिल्लामा यो पटक गरेर ११ औँ पटब हिमपात भएको हो । शुक्रबार साँझ देखि निरन्तर परेको हिमपातले हुम्लामा अत्याधिक चिसो बढेको छ । हिउँदे महिना कटेर वर्षाको सिजन सुरु हुनै लाग्दा पनि चिसो बढ्दो क्रममारहेको छ । हिमपातले जिल्लामा तापक्रम माईनस ५ मा झरेको छ ।

यतिखेर हुम्लाका केही भेग क्षेत्रमा करीव एक फिट बढि हिउँ जमि सकेको छ भने केही भेगमा बर्षा भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । शुक्रबार बिहान मौषम सफा भएर घाम लागेको भए पनि दिउँसोबाट मौसममा एक्कासी परिवर्तन हुदा हिमपात सुरु भएको हो । मौसममा आएको बदली संगै एक्कासी बाक्लो हिमपात सुरु भएपछि जिल्लाका मानिसहरुलाई एक ठाउँबाट अर्कोठाउँ आवत जावत गर्न समस्या भएको बटुवाअरुको भनाई छ ।

जिल्लामा हिमपात हुदा जिल्लाको खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिकाका क्षेत्रहरु सेताम्य भएका छन । सिमकोटेखि खार्पुनाथ सम्मको करीव ११ किलो मिटरमा आवत जावत गर्ने बोलेरो जिप पनि हिमपातका कारण थन्किनु परेको छ । हुम्लामा फागुन ४ गतेबाट नयाँ शैक्षिकसत्र शूरु भए पनि हिमपातका कारण विद्यार्थीहरुलाई पठनपाठनमा समस्या भएको देखिन्छ ।

एका तिर हिमपातले हुम्लाको जनजिवन कष्टघर बनाएको छ भने अर्को तिर स्याउ, ओखर, आरु लगायतका विरुवा यहाँका किसानले लगाउन थालेका छन् भने यस पटक परेको हिमपातले किसानलाई राहत समेत मिल्ने भएको सिमकोट गाउँपालिका कृषि शाखाका प्रमुख नेत्र बहादुर शाहीले बताए ।

एति मात्र नभएर यो पटकको हिमपातले जेठमा पाक्ने जेठासी बाली उवा, गँहु, जौ उप्रनलाई पनि विशेष फाइदा हुने हुदा कृषकहरु उत्साहित भएका छन् । खेतबारीमा लगाइएको गहुँ , जौँ, उवा लगायतका बालीलाई पुस देखि जेष्ठ सम्म बेलाबेलामा पानीको आबश्यकता पर्ने भएकाले यसबर्ष समयमा वर्षातसँगैको हिमपात भएकाले बाली सप्रिनेमा हुम्लाका कृषकहरु धेरै हर्षित भएका छन् ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *