हुम्लामा मौसमी रुघाखोकीले ५ जनाको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

विकट हिमाली जिल्ला हुम्लाका दुईवटा गाउँपालिकामा मौसमी रुघाखोकीले पाँच जनाको मृत्यु भएको स्वस्थ्य मन्त्रालयले जनाएको छ।

प्रवक्ता श्रेष्ठका अनुसार हिउँ परेर चिसो बढेकाले वृद्ध र पहिले देखि नै विभिन्न रोग लागेकाहरूको निधन भएको हो।

स्वास्थ्य सेवा कार्यालय हुम्लाका सरुवा रोग शाखाका संयोजक मनबहादुर रोकायाका अनुसार हालसम्म प्रयोगशाला परीक्षण नभएकाले उक्त रुघाखोकी मौसमी हो वा अन्य भन्ने पत्ता लाग्न सकेको छैन।

चंखेली र सर्केगाड गाउँपालिकामा यस्तो रुघाखोकी फैलिएको हो।स्वस्थ्य मन्त्रालयका प्रवक्ता श्रेष्ठले त्यस क्षेत्रका लागि स्वास्थ्य टोली खटिइसकेको बताए।

टोली प्रस्थान

बीबीसीका अनुसार आइतवार कर्णाली प्रदेश स्वास्थ्य विकास मन्त्रालयको टोली त्यसतर्फ प्रस्थान गरेको छ।औषधि र स्वास्थ्यकर्मी सहितको टोली त्यता प्रस्थान गरेको चंखेली स्वास्थ्यचौकी प्रमुख सुरवीर शाहीले बताए।उनले त्यस क्षेत्रबाट नमुना सङ्कलन गरेर काठमाण्डू पठाइन लागेको जानकारी दिए।

तिब्बतसँग सीमाना जोडिएको हुम्लामा अहिले अत्यधिक चिसो मौसम रहेको अधिकारीहरू बताउँछन्।बिरामीहरू रहेको क्षेत्र पुग्न हुम्ला सदरमुकामबाट झण्डै ३ दिन पैदल हिड्नुपर्छ।त्यहाँ टेलिफोनको सुविधा पनि नभएको बताइएको छ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *