हुम्लामा औषधि र चिकित्सक अभावमा मृत्यु हुनेको संख्या १४ पुग्यो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

हिमपातका कारण मौसमी रुघाखोकी प्रभावित क्षेत्रमा औषधिसहित हिडेको स्वास्थ्यकर्मीको टोली अलपत्र बनेको छ । चिसोले फैलिएको मौसमी रुघाखोकीका बिरामी गाउँगाउँमा बढ्दै गएका छन अहिले मौसमी रुघाखोकीका बिरामी नभएको प्राय कुनै गाउँ छैन । हिमपातका कारण चिसो बढ्दा जिल्लाका ग्रामीण क्षेत्रमा फैलिएको मौसमी फ्लुले बिरामीहरु थला परेका छन् । मौसमी रुघाखोकीले गत पुषदेखि माघ १८ गतेसम्म चंखेली, सर्केगाड र खार्पूनाथ गाउँपालिकामा १४ जनाको मृत्यु भएको छ । मृत्यु हनेमा चंखेली–६ मेल्छामको मासिधाराका ३९ वर्षीया जुनकला शाही, ६० वर्षीया प्याउली शाही, ६५ वर्षीया गौरीकला सार्की, ७० वर्षीय जसुराम सार्की, सर्केगाड–३ उनापानीका ५५ वर्षीय रंगमल फडेरा, खार्पुनाथ गाउँपालिका – १ लालीका ७० बर्षीय देउधन सार्की, ७९ बर्षीय बृर्षे शाही, ५५ बर्षीया बेलसरा शाही,७२ बर्षका पाथे ऐडी, ७० बर्षका गोपीसिंह बुढा, ६५ बर्षकी सजकला बुढा,६० बर्षका रणबीर बिष्ट, ६ बर्षका बालक युबराज शाही र बडा नं ३ की ३५ बर्षकी चन्दा बुढा रहेका छन् । सर्केगाडको उनापानीमा पुग्यो औषधि र डाक्टरको …

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *