हुम्लाको सार्की बाडामा यात्रुबाहक जीप दुर्घटना, ७ जना घाईते

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

हुम्लाको सदरमुकाम सिमिकोटबाट खार्पुनाथ तर्फ जाँदै गरेको बोलेरो जिप दुर्घटना हुँदा जिपमा सवार सात जना घाइते भएका छन ।

लु २ च २२६७ नम्बरको उक्त जिप सिमकोट गाउपालीका वडा नंम्वर ५ को सार्की बाडा भन्ने स्थानमा दुर्घटना भएको हो ।दुर्घटनामा घाइते हुनेहरुमा खार्पुनाथ ३ की ३४ वर्षीेया कमला टमटा,खार्पुनाथ ४ की २५ वर्षीया हदेली जेठरा, २० वर्षीया असकला जेठरा र १९ वर्षीय रिबा जेठार रहेका छन भने खार्पुनाथ ३ का ३ वर्षीय दिपक टमटा,सिमकोट गाउँपालिका ५ का ५ वर्षिय शैलेश रोकाया, र वर्ष ५ कै हौसिल्ले रोकाया रहेका छन् ।

भित्री भागमा सामान्य चोटपटक लागेर घाइते भएका सातै जनालाई जिल्ला अस्पतालमा उपचार भैइरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

प्रहरीका अनुसार जिपमा १५ जना यात्रु रहेका थिए । दुर्घटना स्थलमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानीयहरु उद्धारमा खटिएका थिए । दुर्घटना विहिबार वेलुका ४ः४५ मा भएको थियो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *