हुम्लाको लिमिका बालबालिकाले पाए, पहिलो पटक खोप

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

हुम्लाको नाम्खा गाउँपाकिला वडा नम्वर ६ को लिमि गाउँका बालबालिकाले पहिलो पटक खोप लगाउन पाएका छन् । यस अघि स्वास्थ्यकर्मी वर्षको एक पटक उपस्थिती हुने गर्दथे तर यो वर्ष भने स्वास्थ्यकर्मी नियमित स्वास्थ्य संस्थामा बस्न थालेपछि लिमिका बालबालिकाले सबै प्रकारका खोप लगाउन पाएका छन् ।

स्थास्थ्यकर्मी नियमित हुन थालेपछि खोप लगाउने कार्य संभब भएको हो । लिमिकी स्थानीय छिरिङ छोवो तामाङले आफ्नो बच्चाले पहिलो पटक खोप गत असारमा लगाउन पाएको बताए । खोप सम्वन्धि कुनै जानकारी नपाएकी तामांगले पहिलात आफ्ना बालबालिकाहरुलाई खोप लगाउन समेत दिएकी थिइनन् । पछि स्वास्थ्यकर्मीले सबै कुरा बुझाएपछि तामांगले खोप लगाउन तयारी भएको खवर प्रप्त भएको छ ।

नेपाली राम्रोसंग नबुझ्ने तामाङले कामका लागि खटाएका स्वास्थ्यकर्मी स्वास्थ्यचौकीमा नबसेकै कारण धेरै पटक छुट्यो अव लगाएर के काम भन्ने उदश्यले तामांगले खोप संञ्चालन गर्न नदिएको गुनासो गरेकिथिइन ।

२०७७ असार महिना यताखोप लगाउन पाएका बालबालिकाहरु लिमीमा पहिलो खोप पाउने बालबालिका हुन । लिमी स्वास्थ्यचौकीमा ११ महिनाको छोरीलाई लिएर नियमित खोप लगाउन पुग्नु भएकी लिमी हल्जी गाउँकी जाङमु तामाङले राज्यबाट निशुल्क रुपमा आउने सेवा र सुबिधा पहिलो पटक उपभोग गर्न पाएको बताइन् । लिमिका यो भन्दा अघिका बालबालिकाले कुनै पनि खोप लगाउन नपाएरै हुर्केका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *