हुम्लाका किसानलाई धान भित्रयाउन चटारो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

जिल्लाका किसानहरु यतिबेला कार्तिके बाली भित्र्याउन व्यस्त रहेका छन् । कोदो आलु, चिनो, फापर, लगायतका अन्नबाली घरमा भित्र्याएपछि धानबाली भित्र्याउने चटारोले छोएको छ । जिल्लाको याङ्गचु, राया, रिप, दार्मा लगायत तल्लो क्षेत्रमा रहेका किसान धान भित्याउन पराल सुकाउने काममा व्यस्त देखिएका छन् ।

केही ठाउँमा भने धान काट्न अझै बाँकी छ । यस वर्ष दसैं विगत वर्षमा भन्दा पछाडि रहेकाले किसानहरु दसैँअघि नै धान भित्र्याउन थालेका छन् । कीराको प्रकोपले हुम्लाका अधिकांस क्षेत्रमा यस वर्ष धान उत्पादन घट्ने किसानले अनुमान गरेका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *