हिरासतमा रहेका १९ वर्षिय विजय रामको मृत्यु पछि गरुडाका डिएसपी प्रदेश कार्यालयमा तानिए

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

कर्तव्य ज्यान मुद्दामा पक्राउ परेर प्रहरी हिरासतमा रहेका १९ वर्षिय विजय रामको मृत्यु भए पछि इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरिक्षक कारवाहीमा परेका छन ।
साउन ३२ गते रौतहटको गरुडा नगरपालिका वडा नं. ८ जिगंडवाका २० वर्षिय निरजंन रामको घाटी रेटेर हत्या गरेको अभियोगमा पक्राउ परेका विजय राम महराको उपचारको क्रममा मृत्यु भएको थियो । हिरासतमा भएका व्यक्तिको मृत्यु भए पछि परिवारजन तथा स्थानीयले प्रहरी विरुद्ध प्रर्दशन गरेका थिए ।

दलित युवकको मृत्यु पछि आक्रोशित भएका स्थानियले गरुडाका डिएसपी ज्ञानकुमार महतोलाई तत्काल कारवाही गर्दै निलम्बन गर्न माँग गरेका थिए । मृतक बिजय रामको शरीर भरी निलडाम र घाउचोट रहेकोले प्रहरीको यातनाका कारण उनको ज्यान गएको स्थानियको आरोप छ ।

डिएसपी ज्ञानकुमार महतोलाई प्रदेश प्रहरी कार्यालयमा तानिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । “महतोको ठाँउमा तत्कालका लागी जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी भरत श्रेष्ठलाई गरुडा पठाइएको छ ।” प्रमुख जिल्ला अधिकारी यादवले भने “घटनाको अनुसन्धानका लागी गृह मन्त्रालयले तिन सदस्यीय छानबिन समिति बनाएको छ ।” गृहमन्त्रालयका उपसचिवको संजोजकत्वमा प्रदेश प्रहरी कार्यालयका उपरिक्षक र रौतहटका अनुसंन्धान कार्यालयका उपरिक्षक समेतको समिति गठन भएको उनले बताए ।

निरजंन राम हत्याकाण्डको सम्बन्धमा छानबिन, दोषि प्रहरीहरुलाई कारवाही तथा मृतक परिवारलाई क्षतिपूर्ति पाउनु पर्ने पीडित परिवारको माँग छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *