हिरासतमा रहेका युवकको मृत्यु, प्रहरीकै कुटपीटबाट मृत्यु भएको स्थानीयको आरोप

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कर्तव्य ज्यान मुद्दामा पक्राउ परेर प्रहरी हिरासतमा रहेका एक युवकको गए राति मृत्यु भएको छ ।साउन ३२ गते रौतहटको गरुडा नगरपालिका वडा नं. ८ जिगंडवाका २० वर्षिय निरजंन रामको घाटी रेटेर हत्या गरेको अभियोगमा पक्राउ परेका विजय राम महराको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । हिरासतमै रहेका बेला स्वास्थ्य अवश्था बिग्रीए पछि उनलाई थप उपचारको लागी वीरगंजको नेशनल मेडिकल कलेजमा लगिएको थियो ।

“हिरासतमा रहेका १९ वर्षिय विजय रामको मृत्यु भएको हो ।” जिल्ला प्रहरी कार्यालय रौतहटका उपरिक्षक रविराज खडकाले भने “किडनीमा समस्या रहेकोले उनलाई थप उपचारको लागी वीरगंज पठाएका थियौं । गए राति उपचारकै क्रममा उनको मृत्यु भएको हो ।” प्रहरीले हत्याको आरोपममा विजय सहित सात जनालाई पक्राउ गरेको थियो ।स्थानियले भने प्रहरी आर्थिक प्रलोभनमा फसेको आरोप लगाएका छन । प्रहरीले हत्याको मुख्य दोषीलाई जोगाउन निर्दोष व्यक्तीहरु उपर मुद्दा दायर गरेर चरम यातना दिएको उनीहरुको आरोप छ । स्थानिय दलित समुदायले प्रहरीकै कुटपीटबाट विजयको मृत्यु भएको आरोप लगाएका छन ।

केही व्यक्तीहरु जोगाउन प्रहरीले हत्याको घटनालाई अर्कै रुप दिएको र वास्तवीक दोषीको सट्टा दलितहरुलाई पक्राउ गरेर अन्याय गरेको भन्दै चार दिन अघि दलित अगुवाहरुले इलाका प्रहरी कार्यालय गरुडा अगाडी प्रर्दशन समेत गरेका थिए ।हत्यामा सँलग्न रहेको आरोपमा प्रहरीले शेख आजाद, अजय कुमार रन्जन, विवेक राय यादव, अर्जुन राम, सिकेन्द्र पासवान, बिजय महरालाई प्रहरीले पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर अनुसन्धान अगाडी बढाएको थियो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *