हिमाल आरोहणमा लिने धरौटी र लाग्ने रकममा भारी छुटको व्यवस्था हुदै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सरकारले हिमाल आरोहणमा लिइने धरौटी रकममा भारी छुट गर्ने तयारी गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले हिमाल आरोहणमा लिने धरौटी रकममा छुट दिन लागिएको बताएका छन् । उनँले पर्यटकहरुको प्रवेश शुल्क घटाउने प्रतिवद्धता पनि व्यक्त गरेका छन् । यी दुवै प्रस्ताव १० दिन भित्र मन्त्रीपरिषद बैठकबाट पारित गराउने मन्त्री भट्टराईको प्रतिवद्धता छ । ‘नेपाल भ्रमण वर्ष–२०२०’ को तयारीका विषयमा छलफल गर्न सोमबार काठमाडौंमा बसेको बैठकमा बोल्दै मन्त्री भट्टराईले पर्यटकहरुको सहजताका लागि सरकारले संरक्षित क्षेत्रहरुको भ्रमणको पनि उचित व्यवस्था गर्ने बताएका हुन । केही हिमाल आरोहणका लागि खुला गर्ने तयारी पनि भईरहेको उनले बताए ।

मन्त्री भट्टराईले मुलुकमा पर्यटकहरु सहज ढंगले भित्र्याउन आवश्यक पर्ने सबै खालको नीतिगत तथा कानुनी जटिलता हटाउन सरकार लागि परेको पनि बताए ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *