हिमाल आरोहणकालागि बहराइनका राजकुमारसहितको टोली काठमान्डौमा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

बहराइनका राजकुमारसहितको टोली हिमाल आरोहणका लागि नेपाल आईपुगेको छ । बहराइनका राजकुमार नासिर बिन हामिद अल खलिफासहित १८ जनाको टोली चढेको शेख ईशा एयरबेसको विशेष विमान गएराति करिब १२:३० बजे बहराइनबाट नेपाल प्रस्थान गरेको थियो । उक्त विमान बुधबार बिहान ११ बजे काठमाडौं अवतरण गरेको हो । यो टोलीलाई परराष्ट्रका अधिकारीले विमानस्थलमा स्वागत गरेका थिए ।

भदौ १५ गते बसेको मन्त्रिपरिषद् बैठकको राजकुमारसहितको टोलीलाइ हिमाल आरोहणका लागि स्विकृति दिएको थियो । स्वास्थ्य मन्त्रालयले स्वीकृत गरेको स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्ने गरी चार्टर फ्लाइटबाट बहराइन डिफेन्स फोर्समा कार्यरत १५ जना बहराइनी तथा ३ जना बेलायती नागरिक नेपाल आएको बहराइनस्थित नेपाली राजदूतावासले बिज्ञप्ति मार्फत जनाएको छ ।पर्वतारोहणमा सहभागी हुने सदस्य तथा विमानको चालक दलका सदस्यहरू सबै जना पछिल्लो १५ दिनदेखि स्व क्वारेन्टाईनमा रहेको र कोभिड – १९ संक्रमण भए नभएको परीक्षण पश्चात नेगेटिभ रिपोर्ट आएपछि टोलीले यात्रा तय गरेको राजदूतावासले जनाएको छ ।

करिब २ महिना समयावधिको कार्यक्रमसहित नेपाल रहने राजकुमारसहितको टोलीले पूर्वतयारीको रूपमा लोबुचे र मनास्लु हिमाल आरोहण गर्नेछन् भने सन् २०२१ मा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने अनुमान छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *