हिमपहिरोमा के भएको थियो ? एउटा गाईडले सुनाएका कुरा : आँखैअगाडि तीनजना साथीलाई पहिरोले बगायो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

गाइड कृष्णहरि सुवेदी चिनियाँ पर्यटक लिएर अन्नपूर्ण बेस क्याम्प हिँडेका थिए। मौसम खराब भएपछि उनी देउरालीबाटै फर्किएका थिए। फर्कदै गर्दा हिम्कुनमा पहिरोमा परेर बाँच्न सफल सुवेदीले नेपालन्युजलाई सुनाएको अनुभव साभार गरिएको छ ।

छोम्रोङबाट उकालो लाग्दा मौसम निकै राम्रो थियो। त्यस दिन हामी सिनुवा गएर बस्यौं। बिहान ५ बजेतिर अलिअलि पानी पर्न थाल्यो। ८ बजेतिर रेनकोट र प्लास्टिक ओढेर उकालो लाग्यौं। हिमालयतिर पुग्न लागेपछि हिउँ पर्न सुरु भयो।

हामी त्यस दिन देउराली पुगेर बस्यौं। झन् बाक्लो हिउँ पर्‌यो। त्यहाँबाट माथि जानसक्ने अवस्था रहेन।हामी देउरालीबाटै फर्किएका हौं। मैले त देउरालीमै रेष्ट गरौं भनेको थिएँ। तर, विदेशीहरु मानेनन्।

एकजना निस्किएपछि सबै निस्किए। मसँग चिनियाँ पर्यटक थिए। उनी पनि निस्किएपछि म अघि लागेँ।हिमालयभन्दा तल आएपछि हिमपात झनै बढ्दै गयो। हाम्रो लामो लस्कर थियो। अगाडि अगाडि हामी थियौं।

केही कोरियनहरू हाम्रो अगाडि थिए। केही पछाडि। हिम्कुनिर आइपुगेपछि एक्कासी जोडले हावा आयो। त्यसपछि गडगडाउँदै पहिरो झर्‌यो।

दुईतिर पहिरो बाँडिएर आयो। हामी बीचमा पर्‌यौं। मेरो अगाडिका ३ जनालाई अघिल्लो पहिरोले लग्यो। पछाडिका केही पर्यटकहरू पछिल्लो पहिरोमा परे। केही पर्यटकहरू पहिरोभन्दा पहिले नै कटिसक्नुभएको थियो।अगाडि परेका तीनजनामध्ये दुईजनालाई पहिरोले पुर्‌यो। एकजनालाई मोदीखोलामा पुर्‌यायो। पानीमा चोबलिएपछि हिउँ निस्कियो।

उनी १० मिनेटजति पौडिएर खोलाकिनारमा आए। बचाऊ भनेर कराउन थाले। तर, हामी जानसक्ने अवस्थामा थिएनौं। धेरै हामी त्यहीँ बस्यौं। खोलाबाट पौडिएर निस्किएका भाइ बाटोमा आइपुगे। उनी बेहोसजस्तै भइसकेका थिए। हामीले नजिकै रहेको होम केभ (गुफा) मा लग्यौं।

बल्लबल्ल उनलाई तातो पारेर बचाउन सफल भयौं। पहिरोमा पुरिएका अरूलाई हामीले देखेनौं। केही चिच्याएको आवाज त सुनेका थियौं, कहाँनेर हो हामीलाई पत्तै भएन।

पहिरामा पर्ने साथीहरूलाई तल्तिर बगायो। हामी हावाको वेगमा मात्रै परेर जोगियौं।
मसँगै गएको केटीको गाइड र उनीसँगै हिँडेका अर्का एकजना नेपाली मेरै आँखा अगाडिबाट झर्नुभयो। आँधीले झ्याप्पै छोप्यो। हामी घोप्टो परेर बस्यौं। केही मत्थर भएपछि दौडिएर पहिरो पारि गयौं।

आँखा पूरै बन्द भयो, बेहोसजस्तै थिएँ स् एक घाइते

हिमपहिरोमा परेर बेपत्ता भएका गाइडसँग अन्नपूर्ण आधारशिविर गएका अर्का एकजना मोदी खोलामा पौडिएर बाँचेका छन्। उनको मोबाइल र अन्य सामान भएको सबै झोला पहिरोले बगायो।

आँखैअगाडिबाट उनका साथीहरू पनि पहिरोमा परे। उनी अहिले पनि घाइते छन्।मोबाइल छैन। एउटै झोलामा सामान हालेर आइरहेका थियौं। हिउँ परिहेको थियो। हिउँ पर्दा धेरै टाढा नदेखिने रहेछ। एकछिन हावाले हान्यो। दोस्रोपटक आएको हावाको झोक्काले मलाई भीरमा लग्यो।

त्यसपछि हिउँको थुप्रोले पुर्‌यो। दोस्रोपटकको हिउँ पहिरोले मलाई अलि तल लग्यो। तेस्रो पटक आउँदा खोलामा पुर्‌याइदियो। खोलामा निकै चिसो पानी थियो। एकछिन त पौडिन सकिनँ।

बाँचिदैन भन्ने सोचेँ। तर, पौडिने सीप मसँग थियो। बल गरेरै पौडिएँ। डाँडामा भएका साथीहरूलाई बचाउन गुहार मागेँ। तर, उहाँहरू झर्ने अवस्था पनि थिए। म आफैं बल्ल किनारमा उत्रिएँ। त्यहाँबाट जोड गरेर बाटासम्म निस्किएँ। त्यतिबेलासम्म मेरो होस गइसकेको थियो।

साथीहरूले समातेर गुफामा लगेछन्। उनीहरूले नै बचाएका हुन्। म र हिउँमा परेका अरू साथीहरू बीचको २ मिटरमात्रै थियो। भिरै खसेर हामीलाई लग्यो। पछि भएकाहरू जोगिनुभयो।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *