हामी हाम्रो जमिनमा हाम्रो सेना राख्छौँ ,अरुको रक्षा गर्न सक्नेले आफ्नो पनि सक्छ, भारतले सेना फिर्ता लानुपर्छ : प्रधानमन्त्री

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार राष्ट्रियता र भौगोलिक अखण्डताको पक्षमा दृढ रहेको बताएका छन्।

नेकपाको भातृसंगठन राष्ट्रिय युवा संघ नेपालको एकता भेलालाई आइतवार सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्। पहिले राष्ट्रियताको पक्षमा सरकार अडिइदिए हुन्थ्यो भन्‍ने मृगतृष्णा थियो, अहिले दृढ सरकार छु, उनले भने, भौगोलिक अखण्डता र राष्ट्रिय हित संरक्षणमा दृढ सरकार छ। नेकपाका अध्यक्षसमेत रहेका ओलीले लामो समयपछि नेकपा महत्वपूर्ण क्षणमा रहेको दाबी गरेका छन्। लामो समयपछि महत्त्वपूर्ण क्षणमा हामी छौँ, देश र जनताको सेवामा समर्पित संगठन बनाउन खोजेका थियौं, पार्टी एकताबाट नयाँ उचाइमा उठाएका थियौं, त्यस सिलसिलालाई अन्तिम रूप दिन एकता टुंग्याइएको होु, उनले भने,

युवाहरूलाई एक ठाउँमा ल्याउने कार्यक्रम हो यो। नेपाल कम्युनिस्ट पार्टीसँग आबद्ध भएकाले यो सफल हुनेछ।
प्रधानमन्त्री ओलीले भारतले अतिक्रमण गरेको नेपाली भूमिबाट पछि हट्नुको विकल्प नरहेको बताए । सीमा समस्या अहिले भर्खरै भएको होइन, अघिल्लो शताब्दीमा भएको हो, मिचिएको होु, उनले भने, केहीले अहिले भर्खरै भएको हो कि झैं कुरा उठाइरहेका छन्, त्यसो होइन। सीमा मिचिएको मुद्दामा भइरहेको आन्दोलनबारे आफु जानकार रहेको ओलीले बताए ।

सीमाको विषयमा केहीले आन्दोलन गरिरहेका छन्। युवा(विद्यार्थी सडकमा उत्रिएका छन्, उनले थपे, राजनीतिक नाममा केही उछृंखल गतिविधि पनि देखिए। त्यो ठीक होइन, केहीले अतिरिक्त हिरो देखिन, अतिरिक्त देशभक्त देखिने प्रयास गरे। त्यो ठीक होइन। प्रम ओलीले उछृङ्खलताले समस्या समाधान नहुने तर्क गरे।

उनले नेपाली भूमिमा बसेका भारतीय सेना फिर्ता पठाउनु समस्या समाधान भएको उल्लेख गरे। हामी भारतलाई हाम्रो जमिनबाट सेना फिर्ता लैजानुस् भन्छौ। हामी हाम्रो जमिनमा हाम्रो सेना राख्छौँ भन्छौ, उनले भने, हामी विश्व शान्तिमा लागेका छौँ। शान्ति सेनामा हाम्रा सैनिक पठाएर। अरुको रक्षा गर्न सक्नेले आफ्नो पनि सक्छ। अहिलेको सरकार भारतसँग सम्वाद गर्न नडराएको उनको तर्क थियो।

अहिलेको सरकार संवाद गर्न नसक्ने होइन। इतिहासले देखाइसकेको छ। सरकारले संवादको माध्यमबाट सीमा समस्या समाधान गर्छु, ओलीले अगाडि थपे, कतिपयले नक्सा सच्याउन भनेका छन्, तर त्यो समाधान होइन। मिचिएको भूमि फिर्ता लिने कुरा हो। नक्सा त प्रेसमा छापे भइहाल्यो, हामी हाम्रो भूमि फिर्ता लिन्छौं। सीमाको मुद्दामा सबै एकताबद्ध भएकोमा खुसी व्यक्त गर्न चाहन्छु।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *