हत्यामा संलग्न दुई जना पुर्पक्षका लागि जेल चलान

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

महोत्तरी,जलेश्वर नगरपालिका ६ का २४ वर्षिय सरोजकुमार साहको हत्यामा संलग्न रहेको आरोपमा महोत्तरी जिल्ला अदालतले दुई जनालाई पुर्पक्षका लागि जेल चलान गरेको छ । जेल चलान हुनेमा जलेश्वर नगरपालिका २ का राजेश गुप्ता र जलेश्वर नगरपालिका ८ का मिन्टु ठाकुर रहेको महोत्तरी जिल्ला अदालतले जनाएको छ ।साउन १६ गतेका दिन युवक साहको जलेश्वर नगरपालिका १० स्थित रातु खोलाको किनारमा शंकास्पष्द अवस्थामा सव फेला परेको थियो । प्रहरीले घटना रहस्यमय रहेको भन्दै अनुसन्धान गर्न बढी समय लिइरहेको देखेर पीडित परिवार र स्थानियहरुले दोषी उपर चाँडो भन्दा चाँडो कार्यबाही हुनुपर्ने माँग गर्दै सदरमुकाम जलेश्वर बन्द गराएको थियो भने जिल्ला प्रशासन, जिल्ला प्रहरी र जिल्ला अदालतको अगाडिमा चर्को नाराबाजी समेत गरेका थिए । प्रहरीले गुप्ता र ठाकुरलाई भदौ ३ गते नियन्त्रणमा लिएको थियो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *