हत्याका आरोपी पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

गत भदौ २९ गते हत्या भएका ३५ वर्षीय महेन्द्र सिंह कुर्मी को हत्यामा संलग्न एक जनालाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पक्राउ गरेको छ । बैंकबाट पैसा निकाली श्रीमती र छोरासहित मोटरसाइकलमा घर फर्कंदै गर्दा उनको रुपन्देहीको बैकुण्ठपुरमा गोली हानी हत्या भएको थियो । मोटरसाईकलमै आएका ३ जना युवाले उनलाई गोली हानेका थिए । हत्यामा संलग्न भारत उतर प्रदेश. जिल्ला गोरखपुर थाना कम्पियरगन्ज मछरी गाँव बस्ने बर्ष ४० को मनिष हरिजन (चमार) लाई पक्राउ गरि आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । साथै उक्त घटना मा संलग्न रहेका अन्य २ अभियुक्तहरुको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरिक्षक हेमकुमार थापाले जानकारी गराउनु भयो । घटना मा सलग्न ३ नै जना भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *