हत्तपत्त अरुका कुरा नसुन्ने र अटेरी स्वभावका प्रधानमन्त्री केपी ओली चौतर्फी घेराबन्दीमा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

हत्तपत्त अरुका कुरा नसुन्ने र अटेरी स्वभावका प्रधानमन्त्री केपी ओली पछिल्लो समय चौतर्फी घेराबन्दीमा पर्दै गएका छन् । पछिल्ला आफ्ना निर्णय र अडान एकपछि अर्को गरी विवादमा पर्दै गएपछि उनी घेराबन्दीमा परेका छन् ।

अडानबाट टहसमहस हुन नजान्ने प्रधानमन्त्री ओलीको पछिल्लो जन्मदिवस विवादमा पर्यो । आफ्ना विस्वास पात्र गोकुल बास्कोटाको कमिशन प्रकरणपछि मन्त्रीमण्डलबाट बहिर्गमनमा परेपछि संख्यात्मक रुपमा पनि कमजोर बन्दै गएपछि उनी तनावमा रहेको बताइन्छ ।

बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने विषयले उनी थप तनावमा परेका छन् । उनी यतिसम्म हतास मनस्थितिमा पुगेको देखिन्छ की सहारा खोज्न उनी विपक्षी पार्टीका नेतासँग हात मिलाउन पुगे । यसले उनी पार्टीभित्र कमजोर बन्दै गएको स्पष्ट हुन्छ ।

पहिलो पटक प्रधानमन्त्री हुँदा निकै लोकप्रीय बनेका ओलीको उखान टुक्का राजनीतिको बजारमा बिक्न छाडेको छ । पार्टी सचिवालयको बहुमतले गरेको निर्णय नटेर्ने अभिव्यक्तिपछि त कतिपयले ओलीको ओरालो यात्राको सूरुवात भनी टिप्पणी गरेका छन् । सत्ताको रापमा हात सेक्न वरिपरी झुम्मिने बाहेक अरु नेता कार्यकर्ताको साथ गुमाउँदै गएपछि विपक्ष दलका नेताहरुसँगको उनको बाक्लो भेटघाटलाई शंकाको घेरामा राखेर हेर्न थालिएको छ ।

बामदेवलाई राष्ट्रिय सभामा नल्याउने उनको अडान अहिले पनि जारी छ । अर्का अध्यक्ष दाहालले खुमलटारमा सचिवालयको सदस्यहरुसँग छुट्टै बैठक बसेर मार्चाबन्दी गरिसकेका छन् । नौ जनाको स्थायी समिति सदस्यमा ओलीलाई इश्वर पोखरेल मात्रैको साथ छ । जसले गर्दा उनी संकटमा परेको देखिन्छ । प्रधानमन्त्रीको दिनानुदिनको ओरालो यात्रालाई सत्तापक्षका नेताहरुले नै आफैले खनेको खाल्टो आफै फसेको टिप्पणी गरेका छन् ।

पार्टी एकता पछि दुइ अध्यक्ष पुष्पकमल दाहाल र ओलीले आफुहरुलाई एउटा विमानको दुइ पाइलटको उदाहरण दिएका थिए । तर, पछिल्लो समय पाइलट पाइलट बीचको विवादले विमानले गलत दिशा लिएको र विमान दुर्घटनामा पर्ने त होइन भन्ने आशंका बढ्न थालेको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *