हतौडा प्रहार गरी बाबुको ह’त्या

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

हतौडा र धारिलो हतियार प्रयोग गरेर आफ्नै बुवाको हत्या गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।

गत २८ माघमा रौतहटको दुर्गा भगवति गाँउपालिका ३ पर्सा टोलका ७० वर्षिय फेकन पण्डित कुम्हारको सुतिरहेको अवश्थामा हत्या भएको थियो । गाइबस्तु बाध्ने गोठ सँगै रहेको छाप्रोमा सुतेका फेकनको अनुहार, टाउको र छातीमा हतौडाले हानिएको थियो भने घाँस, पराल काटन प्रयोग हुने धारिलो हतियार गडासीले अनुहार र घाटीमा प्रहार भएको थियो ।

हत्या पछि अनुसन्धानमा जुटेको रौतहट प्रहरीले मुख्य अभियुक्तको रुपमा निजकै छोरा २५ वर्षिय राजकुमार पण्डितलाई पक्राउ गरेको छ । घरमा आपसी बैमनस्यता र कलहका कारण आक्रोशित बनेका राजकुमारले २८ गते राति ३ बजेको समयमा आफ्नी श्रीमतीलाई बुवा सँग आपतीजनक अवश्थामा देखे पछि हत्या गरेको अनुसन्धान बाट खुलेको जिल्ला प्रहरी कार्यालय रौतहट का प्रहरी उपरिक्षक रविराज खडकाले बताए ।

आक्रोशित अवश्थामा बुवाको हत्या गरे पछि पुनः घर आएर कपडा परिवर्तन गरि बिहान ५ बजे गोठमा गएर बाबुलाई कसैले मारेको भन्दै उनले हल्ला गरेका थिए । पक्राउ परेका अभियुक्त स्वंमले घटनाका बारेमा प्रहरीलाई फोन मार्फत जानकारी समेत गराएका थिए ।

अनुसन्धानका क्रममा पक्राउ परेका पण्डीतले आफूले श्रीमती र पितालाई राति आपतीजनक अवश्थामा देखे पछि रिस आवेगमा आएर हत्या गरेको स्वीकार गरेको एसपी खडकाले बताए । पक्राउ परेका पण्डीतलाई मुलुकी अपराध संहिता २०७४ को ज्यान सम्बन्धी कसुर अन्र्तगतको मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरेर थप अनुसन्धानलाई अगाडी बढाएको उनले बताए ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *