हतियार ओसारपसारमा संलग्न ४ जना पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

हतियार ओसारपसारमा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनुषाको विदेह नगरपालिका वडा नम्बर ६ बस्ने २१ वर्षीय लक्ष्मी मण्डल खत्वे, सोही ठाउँका १९ वर्षिय सोबिन मण्डल, सोही नगरपालिका वडा नम्बर ५ बस्ने २५ वर्षीय अविनाश मण्डल र सिरहाको औरही गाउँपालिका–६ घर भई हाल धनुषाको विदेह नगरपालिक–६ बस्ने ३५ वर्षीय मिश्रीलाल मण्डल रहेको धनुषा प्रहरीले जनाएको छ ।

आरोपित अविनाशले आफ्नो घरमा कटुवा पेस्तोल राखेको गोप्य सूचना प्रहरीले पाएको थियो । सो सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय औरही र गिद्दाबाट खटेको प्रहरी टोलीले घरमा खानतलासी गर्दा कटुवा पेस्तोल बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेपछि आरोपित अविनाशले प्रहरीलाई दिएको बयान अनुसार ३ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जनाएका छन ।

पक्राउ परेका ४ जना हतियार ओसापसार कार्यमा संलग्न देखिएको अनुसन्धानबाट फेला परेको प्रहरीको दावी छ ।पक्राउ परेकाहरुमाथि हातहतियार तथा खरखजाना मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *