स्वाथ्यकर्मी र थुनुवासहित वीरगञ्जमा थप १५ जनामा कोरोना पुष्टि

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

पछिल्लो समय नेपालमा कोरोना भाईरस संक्रमण तिब्ररुपमा फैलीन सुरुगरेको देखिएको छ । पर्साको वीरगञ्जमा तीन स्वास्थयकर्मी, एक थुनुवासहित थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा १४ जना पुरूष र १ जना महिलामा संक्रमण पुष्टि भएको हो । संक्रमितहरु २३ वर्षदेखि ५६ वर्षसम्मका रहेको नारायणी अस्पतालका डा उदय नारायण सिंहले जानकारी दिए ।

उनका अनुसार कोरोना संक्रमण पुष्टि हुनेमा स्वास्थ्यकर्मी, कन्ट्याक्ट ट्रेसिङमा परेका, स्वेच्छाले पैसा तिरेर पिसिआर जाँच गराएका र कारखानामा कार्यरत मजदुरहरु पनि रहेका छन् ।संक्रमितमध्ये एक जना उमी नगरपालिका इलाम जिल्लाका रहेका छन् भने १ जना जिल्ला प्रहरी कार्यलय पर्साको थुनुवा रहेका छन् । यस्तै कारखानामा कार्यरत तीन मजदुर रहेका छन् ।

त्यसैगरी वीरगन्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरका २, वडा नम्बर ४ का २, वडा नम्बर ७ का २, वडा नम्बर १३ का २, वडा नम्बर २३ का १ जना रहेको डा सिंहले बताए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *