स्वयम्भुमा ग्याङ्गफाइट

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

स्वयम्भुमा दुइ समुहको ग्याङगफाइट भएको छ । ग्याङ्गफाइट हुँदा ४ जना घाइते भएका छन् । गतराति ढुङ्गेधारा र रानीबन बस्ने दुई समूहबिच रानीबनमा झडप भएको थियो ।ग्याङ्गफाइट हुँदा ३० वर्षका सुदीप रानामगर, २४ वर्षका सुरज रानामगर, २७ वर्षका नवराज रानामगर र सुरज थापामगर घाइते भएका छन् । उनीहरुको स्वयम्भुस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिएकाछन् ।

झगडा गर्ने दुईजना लाई प्रहरीले पक्राउ पनी गरेको छ । पक्राउ गरिएका दुईजनालाई मनमोहन अस्पतालमा मेडिकल गर्न लैजाँदा पुनः अस्पतालमा पनि झडप भएको थियो । पक्राउ पर्नेको नाम प्रहरीले सार्वजनिक गरेको छैन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *