स्वदेशमै काम गरेर राम्रो आम्दानी यसरी लीनसकिन्छ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

सम्भावना देखेर लागि परेको किसानहरु सफल दुध व्यवसायी बनेपछि हर्षित बनेका छन । २०५५ सालमा स्थापना भएको दुग्ध उत्पादन सहकारीले २९ जना शेयरबाट ४० लिटर दुध सकलन गरेर सुरु गरेको हो । अहिले यो कालिगण्डकी दुग्ध उत्पादन सहकारी संस्थाले झन्डै १२ सय लिटर दुध संकलन गरेर बजार सम्म लागे गरेको छ ।

१५ जना कर्मचारीलाई रोजागरि दिएको छ भने शेयर बचत २५ लाख रुपैया छ भने । कुल आम्दानी ७० लाख रहेको छ । बार्षिक ६ लाख ५० हजार औषतमा प्रत्येक किसानलेसम्म आम्दानी गर्ने गरेका छन् । यहाका किसानहरुले दुघ विक्रीबाट राम्रो आम्दानी भएको र विदेशको कमाई यहि हुने गरेको बताउछन् ।

गाउमा झन्डै मासिक १८ लाख देखि २० लाख सम्म भित्रने गरेको छ । यहा उत्पादन भएको दुध कुस्मा ,बागलुङ,लगेर बिक्रि गर्ने गरिन्छ । किसानहरु राज्यले दुध उत्पादनमा सहयोग गरेपनि दुधको व्यवस्थापन गर्ने निति नहुदा गुणस्तरहीन दुध सग प्रतिशप्रर्धा गर्न गाह्रो हुने गरेको किसान बताउछन । राज्यको पोलेसि अनुसार किसानहरुले उत्पादन गरेको दुधको बजारिकरण गर्ने हो भने धेरै युवाहरु बिदेशीनेबाट देखिन्छ ।q

अहिले यो सहकारीले दुध,दही,छुर्पी,घिउ,पनिर लगाएका सामान उत्पादन गरेको सर्वसाधरणसग पुयाएको छ । यो सहकारीले आफना छातासंगठन तयार गरेर अगाडि बढेको छ । अहिले झन्डै १ सय २४ जना शेयर सदस्य र गैरशेयर ४० जना सम्म छन । दुध उत्पादनसगै गुणस्तरहिन

दुधको प्रतिस्पर्धामा जानुपर्दा किसानहरुलाई मिल्क होलिडेले सताईरहेको छ । यसरी सताई रहदा किसानहरु थप समस्यामा परेको बताउछन ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *