स्रोत नखुलेको २० लाख भन्दा बढी रकम सहित दुई युवक पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

महोतरीको विभिन्न ठाउँबाट स्रोत नखुलेको २० लाख २० हजार आठ सय रुयैयासहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राऊ पर्नेमा मटिहानी नगरपालिका–६ का २४ वर्षीय जिवन कुमार पुर्वे र जनकपुर उपमहानगरपालिका ८ का २६ वर्षीय बिजय महासेठ रहेको जिल्ला प्रहरी कार्यालय महोतरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए । जिल्ला प्रहरी कार्यालय महोतरीबाट खटिएको विशेष प्रहरी टोलीले शुक्रवार राती महोत्तरी मटिहानी नगरपालिका २ आवर गाँउ स्थित सडकमा मटिहानीबाट जनकपुर गईरहेका पुर्वेको शरीर खानतलासी गर्दा उनको झोलाबाट.११ लाख नेपाली रुपैया र जलेश्वर नगरपालिका ३ भिठामोड स्थित नेपाल भारतको सिमाना नजिक सडकमा गईरहेका महासेठको शरीर खानतलासी गर्दा उनको झोलाबाट ५ लाख ७५ हजार ५ सय भारतीय रुपैया सहित पक्राउ गरेको हो ।
प्रहरीले शङ्का लागि जाँच गर्दा स्रोत नखुलेको भारु र नेपाली रुपैया सहित दुवै जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक अधिकारीले बताए । भारुसहित पक्राउ परेका महासेठ र नेपाली रुपैयासहित पक्राउ परेका महासेठ अवैधरूपमा नेपाली–भारुको सटही कारोवार र हुण्डी कारोवार गर्ने गरेको प्रहरीले आशङ्का गरेको छ भने उनीहरुलाई आवश्यक कारवाहीका लागि आन्तरिक राजश्व कार्यालय पथलैया पठाउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *