स्रोत नखुलेको २० लाख नगदसहित सिरहामा एक युवक पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

सशस्त्र प्रहरीको टोलीले स्रोत नखुलेको २० लाख नगदसहित सिरहाबाट एक जनायुवकलाइ पक्राउ गरेको छ ।

सीमा सुरक्षा बल लगदीगदियानीबाट खटिएको टोलीले सिरहा नगरपालिका १९ सोहरूवाबाट निजलाई पक्राउ गरेको हो ।पक्राउ परेका व्यक्ति सिरहाकै अर्नमा गाउँपालिका–४ लक्ष्मीपुर निवासी ३७ वर्षीय सुकदेव ठाकुर रहेको सशस्त्र प्रहरी बल, ७ नम्बर गण सिरहाका प्रहरी उपरीक्षक प्रवीण कँडेलले जानकारी दिएकाहुन ।

भारततर्फबाट नेपाल आउँदै गरेका ठाकुरलाई शङ्का लागेर चेकजाँच गर्दा सो रकम भेटिएपछि नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक कँडेलले जानकारी दिए । पक्राउ परेका ठाकुरलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ ।पछिल्लो समय भारतबाट नेपालमा भित्रने अबैध रुपैया हुन्डी व्यापारीको भएको आशंका गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *