स्रोत नखुलेको एक करोड रूपैयाँसहित तीन जना पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले स्रोत नखुलेको एक करोड रूपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापाका कमल मित्तल र विकास मित्तल तथा पर्वतका गणेश पौडेल छन्।

उनीहरूलाई सोमबार साँझ काठमाडौंको ओमबहाल चोकबाट नियन्त्रणमा लिइएको ब्यूरोका निर्देशक, डीआईजी सहकुलबहादुर थापाले बताए। पक्राउ परेकामध्ये विकास र कमल दाजुभाई हुन्।

उनीहरूको साथबाट अवैध रूपमा हुण्डीमार्फत् कारोबार गरेको ९९ लाख ८४ हजार नेपाली रूपैयाँ र ८०० अमेरिकी डलर बरामद भएको डीआईजी थापाले बताए।

पक्राउ परेका तीनैजनालाई मंगलबार राजश्व अनुसन्धान विभागमा बुझाइने उनले बताए। यस विषयमा थप अनुसन्धान भइरहेको डीआईजी थापाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *