स्याङ्जाका लुइँटेलले विश्व भ्रमण गर्दै १२ वर्षमा ८ लाख किमि यात्रा गर्ने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

स्याङ्जाका ३० बर्षे यामप्रसाद लुइटेंलले मोटरसाइकलमा विश्वभ्रमणको यात्रा सुरु गरेका छन् । वालिङ् नगरपालिका १४ तमादीका लुईटेलले १२ बर्षै यात्रा स्याङ्जादेखि सुरु गरेका हुन् ।

लुईटेललाई जिल्ला समन्वय समिति स्याङ्जाले बिधिवतरुपमा विश्वभ्रमण सफल यात्रा शुभारम्भ सहित विदाई गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख सीता सुन्दास, गल्याङ प्रमुख भूपराज अधिकारी, पुतलीबजार नगरउपप्रमुख महेश पुरी, निमित्त प्रमुख जिल्ला अधिकारी धु्रव गिरी, जिल्ला समन्वय अधिकारी विश्वप्रकाश अर्याल पत्रकार महासंघका उपाध्यक्ष अर्काजुन फ्ले लगायतले लुईटेंलको यात्राको सफलताको कामना गर्दै आवश्यक सहयोग गर्ने प्रतिवद्धता सहित विदाई गरेका थिए ।

लुईटेलले भ्रमण बर्ष २०२० को अवसर पार्दै नेपाललाई विश्वभर चिनाउने अभियानमा लागि परेको जानकारी दिए । विश्वका १ सय ९२ देश पुग्ने उनको लक्ष्य छ । करिब २ बर्षजति उनले नेपालका ७ सय ५३ स्थानीय तहको भ्रमण गर्ने र त्यसपछि विश्वभ्रमणका लागि निस्कने जनाए ।

विश्वभ्रमण यात्रीलाई जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरु, स्थानीय तहहरुका प्रमुख उपप्रमुख, नागरिक समाज, पत्रकार लगायतले बिदाई एवं शुभकामना दिएका थिए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *