स्याङजामा गएको पहिरोमा मृत्यु हुनेको संख्या १० पुग्यो, मृत्यु हुनेमा एकै परिवारका नौ जना, पाल्पामा गएको पहिरोमा ६ जना बेपत्ता

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

केही दिनदेखि परेको अविर वर्षाका कारण स्याङजाको वालिङ नगरपालिका–१४ मा पहिरो जाँदा एकै घरका ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा माया नेपाली, सेनु नेपाली, दिपक नेपाली, कुलदिप नेपाली, विनिता नेपाली, विनिता नेपालीको छोरा, शिशिर नेपाली र रुपा नेपाली रहेका प्रहरीले जनाएको छ ।

त्यसैगरी कालिगण्डकी–४, गौतमडाडामा पनि एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १६ वर्षीय विष्णु दमाई रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । यो सगै स्याङजामा पहिरोबाट मृत्यु हुनेको संख्या १० पुगेको छ । उनीहरुसँगै पहिरोमा पुरिएकी १६ वर्षीया मनिषा नेपालीलाई जीवितै उद्धार गरी उपचारका लागि पोखरा लगिएको छ । वालिङ १४ तमादीमा बिहीबार बिहान घर माथिबाट पहिरो झर्दा माया परियारको घर पुरिएको थियो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *