स्पेनको म्याड्रिडमा नेपाली उत्पादन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

स्पेनको म्याड्रिडमा आयोजित अन्तराष्ट्रिय प्रर्दशनीमा नेपाली उद्योग व्यवसायी पनि सहभागी भएका छन् ।

शुक्रबार स्पेनको राजधानी म्यार्डिडमा सुरु भएको एक्सपो टुराल २०१९ प्रर्दशनीमा नेपाली उत्पादन सहितका ३५ व्यवसायी सहभागी भएका हुन् । प्रर्दशनीमा नेपाल र स्पेनका भाषा धर्म, कला संस्कृति तथा उत्पादनहरु झल्किने स्टल राखिएको छ ।

स्पेनको राजधानी म्याड्रिड अवस्थित मुख्य प्रदर्शनी भवन फेरिया डि म्याड्रिडमा भएको प्रर्दशनीमा नेपालको छुट्टै पभेलियन राखिएको छ । प्रदर्शनीस्थल ७ हजार स्वायर मिटर क्षेत्रफलमा फैलिएको छ । प्रर्दशनीमा नेपालको पर्यटकिय क्षेत्र, पर्वतारोहण सम्बन्धी जानकारीको साथै भ्रमण बर्ष २०२० का बारेमा जानकारी दिने छुट्टा छुटै स्टल राखिएको छ ।

त्यसैगरी हस्तकला, काष्ठनिर्मित सामान, पस्मिना, नेपाली कागजका सामानहरु, चित्रकला, मुर्ति, ढाका, अल्लो, बेतबाट बनेका सामान, बाँसको जराबाट बनेका सामान लगायतका सामाग्री राखिएको छ । नेपाल अन्तराष्ट्रिय प्रदर्शनी संघका महासचिव शान्त कुमार श्रेष्ठले प्रर्दशनीमा सहभागी भएका नेपाली उत्पादनले नेपालको पर्यटन, कला, संस्कृति, परम्परा, कृषि तथा व्यापार व्यवसायलाई अन्तराष्ट्रिय क्षेत्रमा परिचित गराउन महत्वपुर्ण भुमिका निर्वाह बताउनुभयो ।

यो प्रदर्शनीमा साना तथा मझौला ब्याबसायी महासंघ र नेपाल अन्तराष्ट्रिय प्रर्दशनी संघले नेपालको तर्फबाट संयोजनकारी भुमिका निर्वाह गरेको छ । कार्यक्रममा फाउण्डेशन लुम्बिनी ग्राण्डका जोसेफ म्यानुअल भिलानोभाले नेपाल र स्पेनबीचको व्यवसायीक सम्बन्ध विस्तार गर्नुका साथै नेपालको पर्यटन प्रवद्र्धनको साथै शान्ति स्थापनाका लागि फलदायी हुने बताउनुभयो ।

फाउण्डेशनले म्याड्रिडमा बुद्धको ५ हजार स्वायर फिटको मुर्ति बनाउदै छ । मिनी लुम्बिनीको अवधारणा अनुसार मिनी लुम्बिनीको झण्डै १ हेक्टर क्षेत्रफलमा सो मुर्ति बनाउन लागिएको छ । नेपालको लुम्बिनी सांस्कृतिक उपमहानगरपालिका र म्याड्रिड महानगर बीच म्याड्रिडमा मिनी लुम्बिनी बनाउने सम्झौता भईसकेको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *