स्थायी राजधानी र नामाकरण माथि छलफल सकियो ,भाेली राजधानी हेटौंडा र नाम बागमतीे टुङगो लगाउने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रदेश सभाले मतदान प्रकृयाबाट भोली(पुस २७ गते) प्रदेश नम्बर ३ को स्थायी राजधानी हेटौंडा र नाम बागमतीे टुङगो लगाउने भएको छ । संसदमा रहेका चार दलबीच राजधानी मकवानपुरको हेटौंडा र नाम बागमती राख्न सहमती भएको छ । नेकपा, नेपाली कांग्रेस र राप्रपा र राप्रपा संयुक्तले मिलेर प्रस्ताब दर्ता गरेका छन् । भने विवेकशील साझाले राजधानी काभे्रको पक्षमा प्रस्ताव दर्ता गराएको थियो ।प्रदेश सभामा दर्ता भएका स्थान र नाम सम्बन्धि शनीबार दिउँसो १ बजे बसेको प्रदेश सभाको बैठकमा छलफल भएको छ । छलफलमा नेमकिपाले प्रदेशको स्थायी राजधानी हेटौंडा र नाम बागमतीमा पार्टीको समर्थन रहेको जनाएको छ । नेमकिपाका साँसद सुरेन्द्रराज गोसाँइले संघीयताको मर्म र विकेन्द्रिकृत राज्य सञ्चालनको व्यवस्था अनुसार प्रदेश नम्बर ३ को स्थायी राजधानी हेटौंडा र सभ्यता र मौलिकताको आधारमा प्रदेशको नाम बागमती उपयुक्त हुने धारणा राख्दै सहमती जनाएको बताए ।

तीन सदस्य रहेको विवेकशील साझाले प्रदेशको केन्द्र र सुगमताको हिसाबले जनताको लागि हेटौंडा अपायक पर्ने भन्दै स्थायी राजधानीको लागि काभ्रेको धुलिखेल राम्रो हुने बताएको छ । छलफलमा भाग लिदै विवेकशीलका बिराजभक्त श्रेष्ठले संसदको स्वायत्तता माथि हस्तक्षेप भएको भन्दै जनताको घर आँगनमा सरकारलाई पु¥याउन र जनतालाई प्रदेश सरकारको प्रत्याभूति दिन काभ्रेको पक्षमा मतदान गर्न समेत आग्रह गरे । यस्तै अर्का साँसद शोभा शाक्यले प्रदेशको रसुवा, दोलखाका जनताले हेटौंडालाई बत्ति बालेर खोज्दा पनि नभेट्ने भन्दै रोस्टममा मोबाइलको टर्च बालेर व्यङग्य स्वरुप हेटौंडाको बिरोध गरिन् ।

प्रदेशको स्थायी राजधानी र नामाकरणको छलफल सकिएपछि सभामुख सानुकुमार श्रेष्ठले बैठक पुस २७ गते बिहान ९ बजेसम्मको लागि स्थगित गरेकाछन् । प्रदेशको स्थायी राजधानी र नामाकरणको लागि भोली(पुस २७ गते) मतदान हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।

निर्वाचन प्रकृयामा प्रदेश सभामा रहेका ११० सदस्यमध्ये नेकपा, नेपाली कांग्रेस, नेमकिपा, राप्रपा र राप्रपा संयुक्तका साँसदगरी एकसय ६ जना साँसद स्थायी राजधानी हेटौंडाको पक्षमा छन् भने काभ्रेको पक्षमा विवेकशील साझाको तीनजना साँसद मात्रै रहेकाछन् । यद्यपी प्रदेशको नाम बागमतीको पक्षमा संसदका सबै सदस्यहरु सहमत छन् ।

समर्थक नपाउँदा प्रस्ताव खल्तीमा


प्रदेश सभामा राजधानीको नाम प्रस्ताब दर्ता गर्न प्रस्तावकलाई दुईजना समर्थक आवश्यक पर्ने प्राबधान थियो । आफ्नो एजन्डालाई प्रस्ताब गर्न समर्थक नै नपाउँदा शनिबार प्रदेश सभामा स्वतन्त्र सांसद प्रेम बहादुर तामाङ निराश देखिन्थे । उनलाई तीन नम्बर प्रदेशको नाम नेवाः तामसालिङ दर्ता गर्ने निक्कै रहर थियो । तर समर्थककै अभावमा सांसद तामाङले सो प्रस्ताब सचिवालयमा दर्ता गर्ने अवसर नै पाएनन्

। प्रस्ताव दर्ता गर्न अनुसूची अनुसारको फारम समेत भरीसकेका तामाङले संसदमा बोल्नेक्रममा आफ्नो भावुकता प्रस्तुत गरे । हिजोसम्म तीन नम्बर प्रदेशको नाम नेवाः तामसालिङ राख्नुपर्छ भन्ने सांंसदहरु पार्टी ह्विपका कारण उनको प्रस्ताबमा समर्थक बस्न समेत सकेनन् । उनले भावुक हुँदै आक्रोश पोखे । जातीय पहिचानका लागि रगत बगाएकाहरुले नै अहिले पहीचानको एजेन्डा छाडेकोप्रति व्यङ्ग्य गर्दै उनले संसदबाटै रातामान्छेहरुलाई रातै सलाम भने । राजधानीको नाम नेवाः तामसालिङ प्रस्ताब गर्न नपाएका तामाङले त्यो प्रस्तावलाई मुटुभित्रै सजाएर राख्ने भन्दै सांसदहरुलाई देखाउँदै प्रस्तावनापत्र खल्तीभित्र हाले ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *